शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सहकारी सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम

सहकारी सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २८ २०८३, बिहिबार

बागलुङ/बडिगाड गाउँपालिकाको आयोजना तथा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को प्राविधिक सहयोगमा बडिगाड गाउँपालिकाभित्र रहेका सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम दिइएको छ ।

सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरूको व्यवस्थापकीय क्षमता अभिवृद्धि, संस्थागत सुशासन सुदृढीकरण, वित्तिय अनुशासन कायम गर्न तालिम आयोजना गरिएको हो ।

तालिमलमार्फत प्रभावकारी सेवा प्रवाहका लागि आवश्यक ज्ञान, सीप र दक्षता विकास गर्ने तथा पछिल्ला नियामकीय नीति, नियम, कार्यविधि र निर्देशनबारे जानकारी गराई सहकारी संस्थाको कार्यसम्पादनलाई थप प्रभावकारी, उत्तरदायी र व्यवस्थित बनाउने उद्देश्यले तालिम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

तालिमको उद्घाटन गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले सहकारी क्षेत्र स्थानीय आर्थिक विकास, वित्तिय पहुँच विस्तार तथा समुदायको समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताइन् । सहकारी संस्थाहरूले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई आत्मसात् गर्दै सदस्य केन्द्रित सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा बागलुङजिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सहकारी सम्बन्धी पर्याप्त ज्ञान वा अनुभव नभए सहकारीको उद्देश्यमा पनि असर पर्ने बताए ।

बिहिबार र शुक्रबार चल्ने तालिममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का पूर्व कोषाध्यक्ष तथा सहकारी अभियन्ता केशव प्रसाद पोखरेल र बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सहजीकरण गर्नेछन् । तालिममा गाउँपालिकाका ७० जनाभन्दा बढीको सहभागिता छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->