बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखराको पर्यटनमा थपिँदै नयाँ परियोजना

पोखराको पर्यटनमा थपिँदै नयाँ परियोजना

यो आयोजनाको लागत अनुमान रु. एक अर्ब ३० करोड रहेको छ ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०८३, शुक्रबार

पोखरा / पोखराको दिगो पर्यटन विकासका लागि पोखरा महानगरपालिकाले एसियाली विकास बैंकको आर्थिक सहयोगमा नयाँ परियोजना सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजना तथा सहरी उत्थानशीलता र जीवनयापन सुधार आयोजनाअन्तर्गत पर्यटकीय क्षेत्र पञ्चासे जोड्ने गरी साइकल लेनसहितको विशेष पहुँच मार्ग र अध्ययन केन्द्र निर्माण गरिने भएको हो ।

पोखरा महानगरपालिका २३ घाँटीछिनाबाट कास्की, पर्वत र स्याङ्जाको सङ्गमस्थल पञ्चासेको भञ्ज्याङसम्म निर्माण गरिने विशेष पहुँच मार्गको बोलपत्रसम्बन्धी कागजात र सङ्क्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरिएको महानगरप्रमुख धनराज आचार्यले जानकारी दिए।

महानगर कार्यपालिकाको बैठकबाट उक्त प्रतिवेदन स्वीकृत भएसँगै पोखराको दिगो पर्यटन विकास र समृद्धिका नयाँ पहल अगाडि बढेको आचार्यले बताए ।

यो आयोजनाको लागत अनुमान रु. एक अर्ब ३० करोड रहेको छ । आयोजनाले पोखराको पर्यटन प्रवर्द्धन, दिगो सहरी यातायात र पर्यावरणमैत्री पूर्वाधार निर्माण, जैविक विविधताको अध्ययन तथा अनुसन्धानका लागि ठूलो योगदान पुर्‍याउने विश्वास लिइएको महानगरप्रमुख आचार्यको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->