आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दीपक भट्ट र शुलभ अग्रवालसहित ३४ जना विरुद्ध २२ अर्बको बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर

दीपक भट्ट र शुलभ अग्रवालसहित ३४ जना विरुद्ध २२ अर्बको बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर

भट्ट अग्रवाल विरुद्ध बिहीबारनै बैंकिङ कसुरमा करिब ४२ करोड बिगो दाबी गदै मुद्दा दायर भएको छ ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०८३, शुक्रबार

काठमाडौं / सरकारले सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालसहित ३४ जना र पाँच कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

विचौलियाको आरोप लागेका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा २२ अर्ब ३९ करोड रुपैयाँ बिगो दाबी गर्दै विहीवार मुद्दा दायर भएको हो । विशेष सरकारी वकिल कार्यालयले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले धितोपत्र बोर्ड र बिमा प्राधिकरणले दिएका अनुसन्धान प्रतिवेदनलाई आधार बनाएर मुद्दा दायर गर्न सिफारिस गरेको थियो । भट्ट अग्रवाल विरुद्ध बिहीबारनै बैंकिङ कसुरमा करिब ४२ करोड बिगो दाबी गदै मुद्दा दायर भएको छ ।

सम्पत्ति शुद्धीकरण ऐनअनुसार विभागले इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट, जगदम्बा होल्डिङ्सका अध्यक्ष अग्रवाल र उनकी पत्नी सुभी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष शाहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, हिमालयन रि-इस्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोर, सन्दीप चाचान, दीपक वंशल, भारतीय नागरिक उपेन्द्र हिरावतलगायतलाई आरोपी बनाएर मुद्दा चलाउन सिफारिस गरको थियो ।

विभागले ‘बिमा ऐन २०७९ को दफा १४० को कसुरसमेतका कसुरजन्य कार्य गरी आर्जन गरेको सम्पत्ति धितोपत्र बजार र अन्य क्षेत्रमा लगानी गरी कसुरबाट प्राप्त सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छुप्ने, स्वरूप, सही प्रकृति छुप्ने, बदल्नेसमेतका सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ (१) को खण्ड (क), (ख) र (ग) ले निषेधित कार्यहरू गरीगराई सम्पत्ति शुद्धीकरणको कसुर गरेको’ आरोपमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->