पोखरा/कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासे जोड्ने गरी विशेष पहुँच मार्ग र साइकल ट्रयाक बन्ने भएको छ । पोखरा महानगरको बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले एसियाली विकास बैंकको सहयोग संचालित सञ्चालित क्षेत्रीय सहरी विकास परियोजना तथा शहरी उत्थानशीलता र जीवनयापन सुधार आयोजनाअन्तर्गत पहुँच मार्ग र साइकल ट्रयाक बनाउने निर्णय गरेको हो ।
महानगरका मेयर धनराज आचाईका अनुसार बैठकले निर्माणका लागि बोलपत्र सम्बन्धी कागजात र संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको हो । यो परियोजनाको लागत १ अर्ब,२९ करोड ,७२ लाख, ९७ हजार रहेको छ । पोखरा २३ मा पर्ने पञ्चासेसम्म २ हजार ५ सय १७ मिटरको उचाइमा रहेको छ । विभिन्न जातका सुनाखरी पाइने पञ्चासे क्षेत्रमा ५ हजार ५ सय ५० हेक्टरको वन रहेको छ । यस आयोजनाले पोखराको पर्यटन प्रवद्र्धन, दिगो सहरी यातायात र पर्यावरणमैत्री पूर्वाधार निर्माणमा ठुलो योगदान पु¥याउने मेयर आचार्यले बताए ।





