शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विभेदकारी सरकारी विज्ञापन नीतिविरुद्व महासंघको धर्ना

विभेदकारी सरकारी विज्ञापन नीतिविरुद्व महासंघको धर्ना


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २९ २०८३, शुक्रबार

बगलुङ/सरकारी विज्ञापन निजी संचार माध्यमलाई नदिने सरकारी निर्णयविरुद्द नेपाल पत्रकार महासंघले चरणबद्व आन्दोलन थालेको छ ।

केही दिनअघि हस्ताक्षर संकलन गरेर प्रधानमन्त्री कार्यालयमा पठाइएकोमा शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङमा धर्ना दिने कार्यक्रम गरिएको छ ।

केन्द्रीय कार्यक्रम अनुसार बागलुङ शाखाले विभिन्न संचार माध्यमका सञ्चालकको उपस्थितिमा प्रशासनमा एकघण्टे धर्ना कार्यक्रम गरेको हो । उक्त अवसरमा महासंघका अध्यक्ष राम थापा ‘अविरल’ले महासंघको देशव्यापी कार्यक्रमअन्तर्गत धर्ना दिइएको बताए ।

सरकारले सरकारी विज्ञापनमा आम संचार माध्यममा रोक लगाएको छ । गोराखापत्रमा मात्रै विज्ञापन छाप्ने नीतिले निजी संचार माध्यम तथा सामुदायिक संचार माध्यमहरु धरासायी बनेका छन् । राज्यले समान विज्ञापन नीति लिनुपर्नेमा विभेदकारी नीति लिएको भन्दै महासंघले उक्त निर्णय फिर्ताका लागि सरकारलाई दबाब दिएको हो ।

सरकारी नीतिमा परिवर्तन नभएमा महासंघले थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिंदै आएको छ । सरकारी विभेदकारी नीतिविरुद्व महासंघले कालो व्यानर राख्ने, सम्पादकीय मार्फत सरकारको नीतिको विरोध गर्ने लगायतका काम पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->