बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सञ्चार क्षेत्रका व्यवस्थापकहरुका लागि ‘बजार व्यवस्थापन तथा विज्ञापन कला’ तालिम

सञ्चार क्षेत्रका व्यवस्थापकहरुका लागि ‘बजार व्यवस्थापन तथा विज्ञापन कला’ तालिम

गण्डकी प्रदेशभित्र रहेका सञ्चार क्षेत्रमा काम गर्दै आइरहेका व्यवस्थापकहरुलाई लक्षित गर्दै प्रशिक्षण दिइएको हो ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०८३, शुक्रबार

पोखरा / प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले बजार व्यवस्थापन तथा विज्ञापन कला सम्बन्धि एक दिने तालिम सञ्चालन गरेको छ ।
गण्डकी प्रदेशभित्र रहेका सञ्चार क्षेत्रमा काम गर्दै आइरहेका व्यवस्थापकहरुलाई लक्षित गर्दै प्रशिक्षण दिइएको हो ।

सो प्रशिक्षणको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका निमित्त प्रमुख सचिव ऋषिराज आचार्यले प्रदेश सरकार सञ्चारकर्मीको क्षमता विकासको लागि विभिन्न किसिमका प्रशिक्षण, सीपमूलक कार्यक्रमहरूलाई जोड्दै लोककल्याणकारी विज्ञापनलाई एकद्वार प्रणालीमार्फत सबैलाई समान पहुँच उपलब्ध गराउने किसिमले लागि रहेको सुनाए । प्रदेश सरकार अन्तरगत रहेका सरकारी निकायका विभिन्न सूचनाहरु समेत छापा माध्यममा आवश्यकताको आधारमा उपलब्ध गराउँदै आइरहेको बताए ।

उनका अनुसार केही पूर्वाधार कार्यालयहरूले व्यक्तिगत रूपमा प्रतिस्पर्धा गराएर पनि विज्ञापनहरू उपलब्ध गराइ राखेको सबैमा जानकारी रहेको र यो क्षेत्रलाई अझ मर्यादित, व्यवस्थित बनाउने वार्षिक नीति तथा कार्यक्रममा समेत सम्बोधन गरेको छ ।

‘असार १ गते नयाँ बजेट तथा कार्यक्रम प्रस्तुत हुँदैछ । त्यसले पनि धेरै विषयहरूलाई सम्बोधन गर्ने गरी हामीले हेर्न लागेका छौं’ उनले भने, ‘बजार व्यवस्थापन र विज्ञापन कलामा हाम्रो प्रतिस्पर्धात्मक क्षमता नबढाए हामी टिक्न, जुध्न सक्ने अवस्था छैन ।’

कार्यक्रमकी अध्यक्ष एवं प्रेस रजिष्ट्रार बिमला भण्डारीले सञ्चार क्षेत्रको अक्सिजनको रुपमा विज्ञापन क्षेत्र रहेको बताइन् । मिडिया बाच्नका लागि व्यवस्थापन पाटो बलियो र मजबुत हुन आवश्यक रहेको उनको भनाइ छ ।

तालिममा कान्तिपुर मिडिया ग्रुपका सिइओ महेश स्वाँर, सफल मिडिया हाउस प्रा.लि. का अध्यक्ष एवं प्रमुख दुर्गाप्रसाद हुमागाईं र आइटी इन्जिनियर विवेक घिमिरेले प्रशिक्षण दिएका थिए । उनीहरूले विज्ञापनको महत्व, बजारको वर्तमान अवस्था, विज्ञापन संकलनका प्रभावकारी कला, डिजिटल मार्केटिङ र आजको एआई दुनियाँले दिएको अवसरलाई मिडियाको हितमा कसरी प्रयोग बारे प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरूले पाठक, स्रोता र दर्शकको विश्वास जित्दै विज्ञापन बजारलाई कसरी व्यावसायिक बनाउने भन्ने व्यावहारिक उपायहरू समेत सुझाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->