शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ढोरपाटनमा ट्याक्टर दुर्घटना हुँदा चालक आशिष घर्तीको मृत्यु

ढोरपाटनमा ट्याक्टर दुर्घटना हुँदा चालक आशिष घर्तीको मृत्यु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०८३, शनिबार

पोखरा / बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ प्याङखोलामा गए राति बोबाङदेखि सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग१त ६९८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्याक्टर चालक ढोरपाटन नगरपालिका–६ चामीदुवारका १८ वर्षीय आशिष घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए । ट्याक्टर सडकदेखि करिब ५० मिटर तल खसेको थियो ।

चालकको शव भने दुर्घटनास्थलभन्दा ७० मिटर तल फेला परेको प्रहरी निरीक्षक मानन्धरले बताए । मध्यरातमा दुर्घटना हुँदा उद्धारमा केही समस्या भएको थियो । अहिले शवलाई भिरबाट निकालिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->