बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नागढुङ्गा आमा समूहको अभिमुखीकरण तथा प्रस्तावना लेखन तालिम

नागढुङ्गा आमा समूहको अभिमुखीकरण तथा प्रस्तावना लेखन तालिम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०८३, शनिबार

पोखरा/ नागढुङ्गा आमा समूहको आयोजना तथा पोखरा महानगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोगमा पोखराको नागढुंगामा एक दिने अभिमुखीकरण तथा प्रस्तावना लेखन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि वडा नम्बर ९ का सदस्य लक्ष्मी पहारीले महिलाहरूको व्यक्तित्व तथा नेतृत्व विकासका लागि वडाले विभिन्न तालिमहरूमा सहयोग प्रदान गर्दै आएको बताइन् । वडा सदस्य नन्दराम गिरीले तालिम लिएपछि समूहका सदस्यहरूमा आत्मविश्वास सँगै क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

आयोजक नागढुंगा आमा समूहका अध्यक्ष कमला श्रेष्ठले तालिमका लागि सहयोग उपलब्ध गराएकोमा वडा ९ कार्यालयप्रति आभार व्यक्त गरिन् । समूहका उपाध्यक्ष सीमा लामिछानेले स्वागत मन्तव्य राख्दै तालिम एक दिनको मात्रै भएपनि समूहका लागि यो महत्वपूर्ण भएको जनाइन् ।

प्रशिक्षक दुर्गा अधिकारीले अभिमुखीकरण तथा प्रस्तावना लेखनका बारेमा विस्तृत जानकारी गराउँदै कुनै पनि कार्यक्रम आयोजनाका लागि प्रस्तावना लेखन महत्वपूर्ण हुने जनाइन् । समूहका सहसचिव पार्वती अधिकारीले सञ्चालन गरेको तालिममा समूहमा आबद्ध झण्डै ४० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->