शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मध्यपहाडी लोकमार्गको बिहुँ खण्डमा कार दुर्घटना, सवै सकुशल

मध्यपहाडी लोकमार्गको बिहुँ खण्डमा कार दुर्घटना, सवै सकुशल

कारमा चालक सहित ३ जना सवार रहेको र उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०८३, शनिबार

बागलुङ / मध्यपहाडी लोकमार्गको बिहुँ खण्डमा शनिवार कार दुर्घटनामा परेको छ । आज बिहान १० बजे बागलुङको काठेखोला गाउँपालिका-६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ब्रेक फेल भएर सडकबाट ६० मिटर तल खसेको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक फरिन्द्र प्रसाईले जानकारी दिए ।

२१ वर्षका अमृत केसीले चलाइ गलकोटबाट बागलुङ आउदै गरेको बागमती प्रदेश २५ च ०५२७ नं.को कार ब्रेक फेल भई दुर्घटना भएको हो । कारमा चालक सहित ३ जना सवार रहेको र उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->