बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

संचारिकाले गर्यो महिला पत्रकारहरुका लागि मानसिक स्वास्थ्य प्रशिक्षण

संचारिकाले गर्यो महिला पत्रकारहरुका लागि मानसिक स्वास्थ्य प्रशिक्षण

कार्यक्रमको आयोजना र औचित्यका वारेमा संस्थाका अध्यक्ष राधिका कँडेलले जानकारी दिईन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०८३, शनिबार

पोखरा/महिला पत्रकारहरुलाई मानसिक रुपमा नै स्वस्थ बनाउने उदेश्यले संचारिका समुह गण्डकीले यहाँ कार्यरत महिला पत्रकारहरुलाई दुई दिने प्रशिक्षण सुरु गरेको छ । पोखरामा शनिवार महिला पत्रकारहरुका लागि आध्यात्मिक तथा मानसिक स्वास्थ्य समबन्धी प्रशिक्षण सञ्चालन गरिएको अध्यक्ष राधिका कँडेलले बताईन् ।

कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले स्वस्थ ब्यक्तिले मात्रै सहीरुपमा आफ्नो कार्य सम्पादन गर्न सक्ने बताउदै राम्रो काम गर्न लागि मानसिक रुपमा नै स्वस्थ हुनुपर्ने बताईन ।

‘जवसम्म पत्रकारको मस्तिष्क शान्त, सन्तुलित र केन्द्रित हुन सक्दैन तवसम्म उसले समाजलाई दिने कन्टेन्ट विश्लेषण पनि पूर्णरुपमा सन्तुलित हुन सक्दैन’, प्रेस रजिष्ट्रार भण्डारीले भनिन- ‘हामी समाजका ऐन हौऔं त्यसर्थ हामीले समाजका लागि सन्तुलित समाचार दिन जरुरी छ । त्यसका लागि आध्यात्म जरुरी छ ।’

पत्रकारहरु विहानदेखि बेलुकासम्म हरेक समय चनाखो रहनुपर्ने भएकोले पनि मानसिक रुपमा स्वस्थ हुनु जरुरी भएको भण्डारीले बताईन् ।

कार्यक्रममा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय तथा राजयोग केन्द्रका मञ्जु दिदी, कोपिला नेपालका मनोविमर्शकर्ता बिना सिलवाल, बरिष्ठ पत्रकार बविता बस्नेत र सञ्चारिका समुह गण्डकीका संस्थापक अध्यक्ष दुर्गा भण्डारी लगायतले आध्यात्मिकता र मानसिक स्वास्थ्य समबन्धी विभिन्न विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रमको आयोजना र औचित्यका वारेमा संस्थाका अध्यक्ष राधिका कँडेलले जानकारी दिएकी थिईन भने महासचिव उमा आलेले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->