आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विशाल बजारको वृक्षरोपण

विशाल बजारको वृक्षरोपण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०८३, आइतबार

पोखरा /  बुद्व विशाल बजार व्यापारिक एशोसियसनको आयोजनामा त्रिलोकेश्वर शिव मन्दिर परिसर पोखरा २८ कालिकामा बृक्षारोपण गरिएको छ ।

शिव मन्दिर सेवा समितिको समन्वयमा मन्दिर पसिरमा बर, पिपल, सुमि, आँप, बेलपत्र, निम, अशोक, डुम्री, गुराँस, अमला, नारेश्वर, विभिन्न फलफूल तथा फूलहरूका विरूवाहरु रोपिएको थियो ।
बृक्षारोपणको पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले उद्घाटन गरेका थिए ।

बुद्व विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशवबहादुर खत्रीले एशोसियसनले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा पनि विविध कार्यक्रम गर्दै आएको बताए ।

अध्यक्ष बुद्धिबहादुर कुँवरले एशोसियसनको वार्षिक कार्यक्रमअन्तर्गत पर्यावरणको क्षेत्रमा काम गरेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->