बागलुङ / राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान बागलुङको अध्यक्षमा टेकबहादुर क्षेत्री चयन भएका छन् । शनिबार सम्पन्न दोस्रो अधिवेशनले निवर्तमान अध्यक्ष क्षेत्रीलाई आगामी कार्यकालका लागि पून: अध्यक्षमा चयन गरेको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा पार्वती केसी, सचिवमा भिमनाथ पौडेल, सहसचिवमा शिलशिला केसी, कोषाध्यक्षमा टंक केसी तथा र सहकोषाध्यक्षमा टिका कुमारी कँडेल चयन भएका छन् ।
कार्य समितिका सदस्यहरूमा टिकाराम सापकोटा, कमल क्षेत्री, सरिता थापा, रिना थापा, युद्धबहादुर शाही, देवेन्द्र पौडेल, छविलाल शर्मा, खेमराज पाठक, नवीनप्रताप जिसी, पार्वती शर्मा, गम्भीरा घिमिरे, लेखनाथ पौडेल, लालु केसी, दिनेश पौडेल र भूमिराज क्षेत्री चयन अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
अध्यक्ष टेकबहादुर क्षेत्रीको सभापतित्वमा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष प्रेमराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष वसन्त बास्तोला, बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्य, महिला नेतृ ममता देवी शर्मा र लोकदोहोरी प्रतिष्ठान बागलुङकी अध्यक्ष सरस्वती खड्का परियारले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव भीमनाथ पौडेलले र स्वागत सदस्य कमल क्षेत्रीले गरेका थिए ।





