शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मधेश सरकारको बजेट: ४१ अर्ब १३ करोड (पूर्णपाठसहित)

मधेश सरकारको बजेट: ४१ अर्ब १३ करोड (पूर्णपाठसहित)

बजेटको स्रोत व्यवस्थापनतर्फ प्रदेश सरकारले आन्तरिक राजस्व तथा विविध आयबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।


  • ढोरपाटन संवाददाता
  • असार १ २०८३, सोमबार

जनकपुरधाम / मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो बजेट करिब ६ अर्ब रुपैयाँले कम हो।प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३५.५३ प्रतिशत विनियोजन गरिएको जानकारी दिए।

त्यसैगरी, पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ अर्थात् कुल बजेटको ६४.३६ प्रतिशत बजेट छुट्याइएको छ।बजेटको स्रोत व्यवस्थापनतर्फ प्रदेश सरकारले आन्तरिक राजस्व तथा विविध आयबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ। त्यस्तै संघीय सरकारबाट राजस्व बाँडफाँडमार्फत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

अर्थमन्त्री भट्टराईका अनुसार संघीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदान ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ रहनेछ भने चालु आर्थिक वर्षबाट बाँकी रहने नगद मौज्दात ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ बजेट व्यवस्थापनमा उपयोग गरिनेछ। प्रदेश सरकारले आन्तरिक ऋणमार्फत १ अर्ब ५० करोड रुपैयाँ जुटाउने लक्ष्य पनि लिएको छ। 

यसैगरी, प्रदेश सरकारले संघीय सरकारबाट चार प्रकारका अनुदान प्राप्त गर्ने भएको छ। वित्तीय समानीकरण अनुदानबापत ७ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ, सशर्त अनुदानबापत ८ अर्ब १० करोड २८ लाख रुपैयाँ, समपूरक अनुदानबापत ९४ करोड ७४ लाख रुपैयाँ तथा विशेष अनुदानबापत ७० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसरी संघीय सरकारबाट प्राप्त हुने कुल अनुदान रकम १७ अर्ब ५९ करोड २७ लाख रुपैयाँ रहनेछ।

बजेटको पूर्णपाठ:

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->