पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३२ अर्व ९९ करोड ९९ लाखको बजेट सोमबार सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले प्रदेश सभामा बजेट सार्वजनिक गरेका हुन् ।
बजेट चालु आर्थिक वर्षको भन्दा एक अर्ब बढी हो । चालु आवका लागि प्रदेश सरकारले ३१ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको थियो । कर्मचारीको तलवभत्ता बढे पनि १ प्रतिशतले चालु खर्च कम आएको मन्त्री शेरचनले बताए ।
– पुँजीगत खर्च– २० अर्ब २ करोड ६१ लाख (६०.६८ प्रतिशत)
– चालु खर्च– १२ अर्ब ७२ करोड ३७ लाख (३८.५६ प्रतिशत)
– वित्तीय व्यवस्था– २५ करोड (०.७६ प्रतिशत्)
– जम्मा– ३२ अर्ब ९९ करोड ९९ लाख
बजेटको स्रोत शीर्षक र अंक
१) नेपाल सरकारबाट बित्तिय समानीकरण अनुदान– ७ अर्ब ८४ करोड ८२ लाख
२) राजस्व बाँडफाँट– १० अर्ब १६ करोड ४७ लाख ४८ हजार
३) रोयल्टी बाँडफाँट– ५१ करोड ४८ लाख
४) सशर्त अनुदान– ३ अर्ब ९३ करोड ३ लाख
५) समपुरक अनुदान– ५५ करोड ४३ लाख
६) विशेष अनुदान– २९ करोड ५४ लाख
७) प्रदेशको आन्तरिक राजस्व– ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार
८) यस वर्षको नगद मौज्दात– २ अर्ब
९) आन्तरिक ऋण– १ अर्ब ७५ करोड





