शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

शिक्षा र स्वास्थ्यका लागि ५ अर्ब ४७ करोड

शिक्षा र स्वास्थ्यका लागि ५ अर्ब ४७ करोड

मुटुरोगीलाई सहयोग, एयरलिफ्टिङ,सिक्दै कमाउँदैजस्ता कार्यक्रमलाई निरन्तरता


  • ढोरपाटन संवाददाता
  • असार २ २०८३, मंगलबार

पोखरा / उत्पादनमार्फत् समृद्धि र समृद्धिलाई सामाजिक न्यायमा वितरण गर्ने घोषणा गरेका गण्डकीको बजेटले स्वास्थ्यका लागि स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ३१ करोड र सामाजिक विकास, युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब १६ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री जीतबहादुर शेरचनबाट प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को बजेटमा विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवाको विस्तार एवम् सुदृढीकरणका लागि प्रादेशिक जनरल तथा सरूवा रोग अस्पताल र गण्डकी आयुर्वेद अस्पताल कास्कीको भवन निर्माणको लागि ६ करोड विनियोजन गरिएको छ भने सिटिस्क्यान मेसिन खरिदका लागि १० करोड र गण्डकी प्रदेश सरकार मातहतका अस्पतालका लागि एम्बुलेन्स खरिद गर्न ३ करोड ५० लाख विनियोजन भएको छ ।

यी अस्पताल प्रदेश मातहत रहेका छन् । ‘वर्र्तमान स्वास्थ्य सरोकार, नसर्ने रोगको पहिचान र उपचार’ अभियान र ‘हरेक विहान योग र ध्यान’ भन्ने नाराका साथ सरकारले नसर्ने रोगको समयमै पहिचान, उपचार तथा व्यवस्थापन एवम् योग, ध्यान, मानसिक स्वास्थ्य सचेतना तथा स्वस्थ जीवनशैली प्रवद्र्धनका लागि जोड दिएको छ ।

मातृशिशु र नवशिशु स्वासथ्य सुधार,बालबालिकामा बाथ मुटुरोग पहिचान (रुम्याटीक हार्ट डिजीज स्क्रिनिङ) कार्यक्रम,महामारी तथा जनस्वास्थ्य जोखिम विरुद्धको पूर्वतयारी, प्रतिकार्य तथा स्वास्थ्य सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न एकीकृत निगरानी प्रणाली,महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन, रगत तथा रक्तजन्य पदार्थको निःशुल्क उपलब्धता, क्यान्सर रोगको उपचारमा आर्थिक सहायता, स्वास्थ्य बीमा कार्यक्रम र जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारलाई बजेटले समेटेको छ । यसका लागि ६ करोड ६० लाख विनियोजन गरिएको छ ।

शिक्षा र खेलकुदतर्फ प्रदेश सरकारले दलित समुदायको अधिकार संरक्षण र सशक्तिकरणका लागि परम्परागत पेसा, ज्ञान र सीपको संरक्षण, संवद्र्धन एवम् व्यावसायिकरण गर्न ’भगत सर्वजित सीप तथा व्यावसायिकता विकास कार्यक्रम’ लाई निरन्तरता दिँदै रैथाने सीप संरक्षणको योजना अगाडि सारेको छ । यस्तै, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सडक आश्रित लगायतका लक्षित वर्गको संरक्षण, उत्थान र सामाजिक मूलप्रवाहीकरणका लागि स्थानीय तह र सरोकारवाला सङ्घसंस्थासँगको सहकार्य र साझेदारीलाई निरन्तरता दिइएकाे छ ।

बालबालिकाको संरक्षण तथा ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवको अन्तरपुस्ता हस्तान्तरण,अपाङ्गता भएका व्यक्तिको संरक्षण, क्षमता विकास तथा मूलप्रवाहीकरण अनि शिक्षामा उनीहरुको सहज पहुँच सुनिश्चित गर्न दृष्टिविहीनका लागि ब्रेल लिपि, सुस्तश्रवणका लागि साङ्केतिक भाषा एवम् बौद्धिक अपाङ्गता, अटिजम लगायत फरक क्षमता भएका बालबालिकाको विशेष सिकाइका लागि पनि बजेट विनियोजन भएको छ ।

प्रदेशभित्र रहेका विद्यार्थीको बौद्धिक क्षमता र ऊर्जालाई प्रादेशिक विकास, योजना तर्जुमा र सुशासन अभियानमा आवद्ध गरिनेछ। यसका लागि सार्वजनिक सुशासन फेलोसिप कार्यक्रम सञ्चालनलाई पनि बजेटले समेटेको छ ।

शिक्षको क्षमता वृद्धि, परीक्षा प्रणाली सुधार तथा प्रविधिमैत्री शिक्षण–सिकाईको वातावरण सिर्जना गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिसँगै विद्यार्थीलाई आयआर्जनमा जोड्न ‘सिक्दै कमाउँदैः कमाउँदै सिक्दै’ कार्यक्रमलाई पनि सरकारलपे निरन्तरता दिएको छ ।

सरकारले गण्डकी प्राविधिक शिक्षालयको भौतिक संरचना निर्माण र सञ्चालन तथा गण्डकी विश्वविद्यालयलाई विशिष्टीकृत अध्ययन–अध्यापन संस्थाको रुपमा विकास गर्न २० करोड बजेट छु्ट्याएको छ । बजेटले अन्तरजातीय विहेलाई प्रोत्साहित गर्ने गण्डकी सरकारको घोषणा पनि गरेको छ ।

गण्डकी सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहित गर्ने भएको छ । सरकारले अन्तरजातीय विवाह गर्नेलाई पुनस्र्थापित गर्नका लागि पनि बजेटको व्यवस्था गरेको आर्थिक मामिलामन्त्री जीत शेरचनले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->