बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खाद्य स्वच्छतामा पोखराको टेम्पल ट्रि रिसोर्टलाई ‘अति उत्तम’ मान्यता

खाद्य स्वच्छतामा पोखराको टेम्पल ट्रि रिसोर्टलाई ‘अति उत्तम’ मान्यता

‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान’ भन्ने नारासहित गरेको स्थलगत अनुगमन तथा मूल्यांकनमा १०० मध्ये ९२ अंक पाएर रिसोर्टले उक्त मान्यता पाएको हो ।


  • ढोरपाटन संवाददाता
  • असार २ २०८३, मंगलबार

पोखरा/ पोखराको लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पाले खाद्य स्वच्छता तथा गुणस्तर मूल्यांकनमा ‘अति उत्तम’ श्रेणीको तीन तारे हरियो स्टिकर र प्रमाणपत्र पाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान’ भन्ने नारासहित गरेको स्थलगत अनुगमन तथा मूल्यांकनमा १०० मध्ये ९२ अंक पाएर रिसोर्टले उक्त मान्यता पाएको हो ।

होटल, रेष्टुरेन्ट, चमेना गृह तथा क्याटरिङ व्यवसाय स्तरीकरण कार्यविधिअनुसार गरिएको मूल्यांकनमा टेम्पल ट्रिले उक्त अंक पाएको हो । मूल्यांकनका क्रममा पानीको भण्डारण व्यवस्था, पानी परीक्षणसम्बन्धी कागजात, कर्मचारीको तालिम र स्वास्थ्य परीक्षण प्रमाणपत्र, फ्रिज तथा भान्साको तापक्रम व्यवस्थापन, खाद्य पदार्थको भण्डारण अवस्था, उपकरणहरूको सरसफाइ र बाह्य वातावरणको सरसफाइलगायत पक्षको अध्ययन गरिएको थियो।

टेम्पल ट्रि रिसोर्टका प्रशासन तथा मानव स्रोत प्रमुख रामकृष्ण कँडेलका अनुसार स्तरीकरणका लागि खाद्य सुरक्षासँग सम्बन्धित विभिन्न सूचकमा अनुसन्धान र परीक्षण गरिएको थियो। ‘पानीको भण्डारण, पानी परीक्षणका कागजात, कर्मचारीको प्रशिक्षण तथा मेडिकल प्रमाणपत्र, फ्रिज र भान्साको तापक्रम, खाद्य पदार्थको भण्डारण, उपकरण तथा बाह्य वातावरणको सरसफाइलगायत विषयमा अनुसन्धान गरिएको थियो,’ उनले भने।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले लेकसाइड क्षेत्रका अन्य होटल तथा रेष्टुरेन्टलाई समेत कार्यक्रम आयोजना गरी स्तरीकरण प्रमाणपत्र तथा लोगो वितरण गरेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->