शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

युवा र रोजगारी विषयक अन्तरक्रिया

युवा र रोजगारी विषयक अन्तरक्रिया


  • ढाेरपाटन संवाददाता
  • असार २ २०८३, मंगलबार

बागलुङ/प्रबुद्द युवा समुह बागलुङको आयोजनामा युवा र रोजगारी बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा सहभागिले स्वरोजगार बन्नकालाग काम गर्न सबै तयार रहनुपर्ने बताए । साथै बिदेश गए मात्र रोजगारी पाएको भन्ने मान्यता हटाउन र स्वदेशमै काम गरेर देखाउने वातावरण बनाउन सक्नुपर्ने बताए ।

कार्यक्रममा बागलुङ नगरपालिका रोजगार शाखका प्रमुख रामचन्द्र गौतमले युवा बेरोजगारको तथ्यांक संकलन गरेर संभव भएसम्म आंशिक भएपनि रोजागरी सिर्जना गर्ने काम गरिरहेको बताए । तर आजकलका युवामा बिदेश जाने मात्र रोजगार भन्ने मान्यता बिकास भएको बिषय दुःखद भएको, गाउँको उत्पादन घटेको र जीवनशैली महंगो बनेको बताए । उनले कृषि क्षेत्रको रोजगारीमा युवा जनशक्ति लागेको खण्डमा मात्रै देश समेत आत्मनिर्भर बन्ने, युवाले देशमै रोजगारी पाउने बताए ।

कार्यक्रममा बिदेश गएर फर्केपछि स्वरोजगार बनेका कलाकार मिलन खत्रीलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा प्रवुद्द युवा समाजका संस्थापक बिशेष पराजुलीले युवाहरु दास बनेर होइन, आत्मनिर्भर बनेर अगाडि बढ्नुपर्ने बताए । त्यसकालागि सबैखाले काम गर्न तयार रहनुपर्ने र काम ठूलो र सानो नभइ मेहेनतमा सफलता निर्भर भएको पनि बताए ।

प्रबुद्द युवा समाज बागलुङका अध्यक्ष रोहित सुनारको अध्यक्षतामा भएको कार्यक्रममा युवाहरुले स्वरोजगारकालागि सहकार्यको खोजी गरेको बताएका थिए । तथ्यंक अनुसार गत बर्ष बागलुङ नगरपालिकाले बेरोजगार युवाको नामाबली संकलन गर्न खोज्दा २ सय ३६ जनाले मात्र बेरोजगारी नाम टिपाएका थिए । अधिकांसले बेरोजगार भएरपनि भन्न नसकेको गौतमले बताए । यो अभियानमा आप्रवासी श्रोत केन्द्र सामी परियोजनाले पनि साथ दिएको थियो । परियोजनामार्फत समाजमा बित्तिय साक्षरता, रोजगारकालागि अन्य श्रोतको खोजी जस्ता काममा पनि साथ दिने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->