शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फेवातालबाट दुई भारतीय पर्यटकको सकुशल उद्धार

फेवातालबाट दुई भारतीय पर्यटकको सकुशल उद्धार


  • ढोरपाटन संवाददाता
  • असार २ २०८३, मंगलबार

पोखरा / पोखराको प्रसिद्ध पर्यटकीय स्थल फेवातालमा अचानक आएको हावाहुरी र पानीको छालका कारण दुई वटा सर्फेस बोट पल्टिँदा अलपत्र परेका दुई भारतीय पर्यटकको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ।

सशस्त्र प्रहरी बल नं. २४ गण कालिका, कास्कीबाट खटिएको टोलीले सोमबार साँझ ६ः१५ बजे पोखरा महानगरपालिका–६, लेकसाइडस्थित फेवातालमा उद्धार कार्य सञ्चालन गरेको थियो। फेवा वाच एण्ड रेस्क्यु टावरमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक राजु थापाको कमाण्डमा रहेको १० सदस्यीय विपद् व्यवस्थापन टोलीले तत्काल घटनास्थलमा पुगेर पर्यटकहरूलाई सुरक्षित स्थानमा ल्याएको जनाएको छ।

उद्धार गरिएका पर्यटकहरू भारतका ४० वर्षीय धीरज कोरवाल र ३५ वर्षीय विकास कोरवाल रहेका छन्। उनीहरू नेपाल भ्रमणका क्रममा पोखरा पुगेका थिए। समयमै सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका कारण सम्भावित ठूलो दुर्घटना टरेको बताइएको छ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->