बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

किसानलाई अनुदानमा मौरी घार वितरण

किसानलाई अनुदानमा मौरी घार वितरण


  • ढाेरपाटन संवाददाता
  • असार ३ २०८३, बुधबार
तनहुँ / जिल्ला कृषि विकास कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका–२ स्थित खोलागाउँका किसानलाई अनुदान सहयोगमा मौरीघार वितरण गरेको छ । किसानको आयआर्जन वृद्धि गर्दै मौरीपालन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा ५० थान मौरीघार वितरण गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयको चालु आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो । कृषि उद्यम विकास कार्यक्रम, रैथाने बाली प्रवद्र्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवद्र्धन कार्यक्रम तथा निर्यातजन्य बाली प्रवद्र्धन कार्यक्रममार्फत रोदी खोला किसान समूहमा आबद्धलाई मौरीका घार हस्तान्तरण गरिएको कार्यालयका सूचना अधिकारी किरण परियारले जानकारी दिए ।
जिल्ला कृषि विकास कार्यालय तनहुँका प्रमुख पर्शुराम अधिकारीले मौरीपालनलाई आयमूलक व्यवसायका रूपमा विकास गर्न कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले अनुदानमा वितरण गरिएका मौरीका घारको उचित प्रयोग गरी व्यवसाय विस्तार गर्न कृषकलाई आग्रह गरे ।  “मौरीपालन ग्रामीण क्षेत्रका कृषकका लागि राम्रो सम्भावना बोकेको व्यवसाय हो”, उनले भने, “यसबाट उत्पादित महको बजार माग उच्च रहेकाले कृषकले अतिरिक्त आम्दानी लिनसक्ने अवस्था छ । कार्यालयले आगामी दिनमा पनि उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिनेछ ।”
गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले मौरीपालन कम लगानीमा राम्रो आम्दानी लिन सकिने व्यवसाय भएकाले ग्रामीण क्षेत्रमा यसको विस्तार आवश्यक रहेको उल्लेख गरे ।  “मौरीपालनले मह उत्पादन मात्र होइन, कृषिबालीको परागसेचनमा महत्वपूर्ण योगदान पु¥याउँछ”, उनेले भने, “यसले कृषकको आम्दानी वृद्धि गर्नुका साथै कृषि उत्पादन बढाउन पनि सहयोग पुग्छ ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->