पोखरा/ लोकप्रिय दुईपांग्रे सवारी यामाहाको पोखराका लागि आधिकारिक बिक्रेता भीएडब्लु इन्टरप्राइजेज प्रालिले बुधबारबाट पोखरा रंगशालामा ‘ब्लु फेष्ट सुरु गरेको छ । असार १० गतेसम्म आयोजना हुने ब्लु फेष्टमा ग्राहकले कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरको सट्टा यामाहाको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सक्नेछन् ।
भीएमडब्लु प्रालिका महाप्रबन्धक सरोज श्रेष्ठका अनुसार मेघा एक्सचेञ्ज अफरमा ग्राहकले हरेक नया बाइक खरिदमा न्यूनतम ६ हजारदेखि माथि छुट प्राप्त गर्नेछन् भने यामाहाको जुनसुकै बाइक साटफेर गर्न आएपनि न्यूनतम ५० हजार भ्यालुएसन हुनेछ ।
‘यामाहा लैजाऔं, नागरिकताकै भरमा’ अन्तर्गत नागरिकता बोकेर आउनेले बाइक चढेर जान पाउने पनि महाप्रबन्धक श्रेष्ठको भनाइ छ ।





