पोखरा/ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनालको भारत र चीन भ्रमणमा समेत विमानस्थल सञ्चालन, हवाई मार्ग विस्तार, कनेक्टिभिटी र व्यवस्थापनका विषय प्रमुख एजेण्डाका रूपमा उठाएको बताए ।
उनले भने, ‘भैरहवाको एयरपोर्ट संचालनको ल्याउन लागेको लागेकै छौँ । हामीलाई चासो छैन होला ? त्यो पोखरा, भैरहवाको ऋण तिर्ने हामी, त्यो ऋणको फाइल सदर गर्ने त मै हुन्छु, यति किस्ता तिर्नुपर्ने भनेर हरेक दिन । त्यसैले जतिसक्दो छिटो दुबै विमानस्थल संचालनको लागि लागीपरेका छौँ ।’





