शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

ज्वाइँ नै अपराधी बनेपछि…

ज्वाइँ नै अपराधी बनेपछि…

बिरौटामै पुगेर ज्वाइँ ध्रुवले सासुमाथि आक्रमण गरेका हुन् ।


  • ढोरपाटन संवाददाता
  • असार ४ २०८३, बिहिबार

पोखरा/ लेनदेनको विषय कटुतामा बदलिएपछि पोखरामा ज्वाइँले आफ्नै सासुमाथि चक्कु प्रहार गरेका छन् ।

चक्कु प्रहार गर्ने ज्वाइँ लमजुङको मध्यनेपाल नगरपालिका २ का ध्रुवराज अधिकारी हुन् भने सख्त घाइते बनेकी सासु मुना तिवारीको घर पोखरा २८, माझथाना हो । तिवारी पोखराको बिरौटाको राममन्दिरनेर बस्दै आएकी थिइन् ।

बिरौटामै पुगेर ज्वाइँ ध्रुवले सासुमाथि आक्रमण गरेका हुन् । चक्कु प्रहारबाट घाइते तिवारीको पेट, ढाड र छातीमा चोट लागेको छ । उनलाई उपचारका लागि पोखरा–१७ स्थित नोबेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घाइतेको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीको भनाइछ । घटनामा चक्कु प्रहार गर्ने व्यक्तिकी श्रीमती तथा घाइतेकी छोरी २८ वर्षीया संगीता तिवारीको पनि संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->