शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ढुंगाले च्यापिएर किशोरको मृत्यु

ढुंगाले च्यापिएर किशोरको मृत्यु


  • ढाेरपाटन संवाददाता
  • असार ४ २०८३, बिहिबार

बागलुङ/पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा ढुंगाले च्यापिएर एक किशोरको मृत्यु भएको छ । बिहिबार बिहान बाख्रा चलाउन गएका ढोरपाटन नगरपालिका वडा नं. ९ जुरे घर भई ढोरपाटन नगरपालिका वडा नं. ५ सहथोकस्थित मामाको घरमा बस्दै आएका भागविर घर्ती मगरका १५ वर्षिय अरुण घर्तीको मृत्यु भएको हो ।

बाख्रा चराउन गएका घर्तीले अबेरसम्म घर नफर्किपछि खोजतलास गर्दा मामा घरदेखि ३ सय मिटर उत्तरतर्फ पर्ने धो खोला किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक याम नारायण आर्यालले जानकारी दिए । मृतक घर्तीको टाउको र ढाडमा गहिरो चोट लागेको थियो ।

मामा टेकबहादुर पुनले भान्जा नभेटिएपछि प्रहरीलाई खबर गरेका थिए । घर्ती हराएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक तिलक मानन्धर नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->