आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बजेट वित्तीय अनुशासनभित्र छ, जनताले जीवनमा अनुभूति गर्ने गरी कार्यान्वयन होस्– सांसद कुँवर

बजेट वित्तीय अनुशासनभित्र छ, जनताले जीवनमा अनुभूति गर्ने गरी कार्यान्वयन होस्– सांसद कुँवर

बाँदर नियन्त्रणका लागि ‘खानयोग्य वृक्षारोपण’को प्रस्ताव


  • ढाेरपाटन संवाददाता
  • असार ४ २०८३, बिहिबार

पोखरा / गण्डकी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमाथिको छलफलमा एमाले सांसद भक्तबहादुर कुँवरले विगतको तुलनामा यो बजेट केही सबल र फराकिलो भएर आएको टिप्पणी गरेका छन् । यद्यपि, बजेट खर्च गर्ने परम्परागत प्रवृत्तिका कारण लक्ष्य हासिल गर्न कतै समस्या हुने त होइन भन्ने आशंका भने कायमै रहेको उनले बताए ।

‘हामीले एउटा आर्थिक वर्षलाई मात्र हेरेर बजेट विनियोजन गर्दै आएका छौँ, तर विगतको खर्च गर्ने शैली हेर्दा लक्ष्यमा पुग्न सकिँदैन कि भन्ने आशंका उब्जाउँछ,’ सांसद कुँवरले भने, ‘बजेटको प्राविधिक शब्द र आँकडामा केही कमजोरीहरू अवश्य छन् । अर्थ मन्त्रालयबाट वर्षेनी यस्ता कमी–कमजोरी दोहोरिने गरेकाले कतिपयले आशंका व्यक्त गर्नु स्वाभाविक हो । यसमा कर्मचारी संयन्त्रले बढी चासो र जिम्मेवारी देखाउनुपर्छ ।’

चालु खर्च घटाएर पूँजीगत (विकास) खर्चको हिस्सा बढाउनु बजेटको राम्रो पक्ष भएको उनले उल्लेख गरे । ‘सरकार मितव्ययिता, चुस्त–दुरुस्त, छिटो–छरितो र सुशासनको बाटोमा अघि बढेकाले नै चालु भन्दा पूँजीगत खर्च बढी भएको हो, यो वित्तीय अनुशासनको उत्कृष्ट उदाहरण हो,’ उनले थपे ।

राजस्व सुधारका लागि बजेटले ल्याएका नीतिहरूको प्रशंसा गर्दै उनले कर सहभागिता बढाउन अनलाइन भुक्तानी, करको दायरा परिमार्जन, शुल्क र वस्तुको वैज्ञानिक निर्धारण तथा कार्यविधि बनाएर राजस्व संकलनमा एकरूपता ल्याउन र प्रदेशमा छुट्टै राजस्व कार्यालय स्थापना गरेर कर प्रणालीलाई व्यवस्थित बनाउन बजेटले पहल गरेको जनाए । विगतको तुलनामा आन्तरिक राजस्व वृद्धि हुँदै गएकाले आगामी वर्ष गण्डकीको आन्तरिक राजस्व ५ अर्ब रुपैयाँ पुग्ने विश्वास उनले व्यक्त गरे ।

बाँदर नियन्त्रणका लागि ‘खानयोग्य वृक्षारोपण’को प्रस्ताव
बजेटले कृषिलाई प्राथमिकतामा राखेर थुप्रै कार्यक्रमहरू ल्याएको भन्दै सांसद कुँवरले खुसी व्यक्त गरे । सरकारको ‘घर फर्क अभियान’ (रिटर्न टु भिलेज) लाई बजेटले पूर्ण रूपमा समेट्ने विश्वास व्यक्त गर्दै उनले पर्वतको ‘बासखर्कको सुन्तला’लाई पनि बजेटले विशेष सम्बोधन गर्नुपर्ने माग गरे ।

‘सरकारले ’रैथाने बाली रोपौँ, स्वास्थ्य र पर्यावरण बचाऔँ’ भन्ने नारा ल्याएको छ, यो राम्रो छ । अब रैथाने बालीलाई कसरी आधुनिक र हाइब्रिड (परिमार्जित) बनाएर उत्पादन बढाउने भन्नेतर्फ लाग्नुपर्छ,’ कृषि क्षेत्रबारे सुझाव दिँदै उनले भने, ‘अहिले कृषकहरू बाँदर र वन्यजन्तुको आतंकबाट आजित छन्, त्यसैले वन क्षेत्रमा बाँदर र अन्य वन्यजन्तुका लागि ‘खानयोग्य वृक्षारोपण’ गर्ने कार्यक्रम पनि तत्काल सुरु गर्नुपर्छ ।’

बजेट जतिसुकै राम्रो र आकर्षक भए पनि कागजमा मात्र सीमित हुन नहुने उनको तर्क थियो । ‘बजेट बनाउने, लेख्ने र कागज भर्ने कुरा मात्र प्रधान होइन,’ उनले भने, ‘जनताले आफ्नो दैनिक जीवनमा रूपान्तरण र परिवर्तनको अनुभूति गर्ने गरी बजेटले तल्लो तहलाई छुनुपर्छ, अनि मात्र बजेट सफल

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->