बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरा बसपार्कको खाली टहरामा चल्यो डोजर, सुकुम्बासीलाई तत्कालै नछुने

पोखरा बसपार्कको खाली टहरामा चल्यो डोजर, सुकुम्बासीलाई तत्कालै नछुने


  • ढाेरपाटन संवाददाता
  • असार ४ २०८३, बिहिबार

पोखरा / पोखरा महानगरपालिकाले पोखरा बसपार्कमा खाली गरिएका व्यापारिक टहराहरुमा डोजर लगाएको छ ।

बिहिबार विहानदेखी महानगरपालिकाले डोजर चलाउन सुरु गरेको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बसपार्क बन्दैन की भन्ने कसैले पनि शंका नगर्न आग्रह गरे । आधा शताब्दीदेखि पोखरा महानगरपालिका भित्रको सिटी बसपार्क बन्छ वा बन्दैन, कहिले बन्छ भन्ने धेरै दुबिधा थियो ।

त्यहाँ भएका जग्गाधनीहरू, वर्षौंदेखि बसेका र सुकुम्बासी क्षेत्रमा बसेका पोखरावासीको साथ र सहयोगका कारण आज बसपार्क बनाउने मार्ग प्रसस्त खुला भएको बताए । ‘सबै राजनीतिक दल, स्थानीय प्रशासन सबै मिलेर हामीले पोखरा बसपार्क—यो आधा शताब्दीदेखि देखेको सपना चाहिँ अब पूरा गर्दैछौँ । अगाडिको यो खाली भएको भागहरू चाहिँ आजबाट हटाउन सुरु हुन्छ। र, भित्र सुकुम्बासी बस्ती, ५७२ जनाले आफ्नो फारम भर्नुभएको छ । उहाँहरूको चाहिँ अहिले हामीले त्यसको छानबिनको क्रममा छ’ मेयर आचार्यले भने । अहिले छानविन नसकिएकाले केही दिन म्याद थपिएको र उनीहरु लागि कहाँ व्यवस्थापन गर्ने भन्नेमा पनि महानगरले काम गरिरहेको आचार्यले सुनाए ।

‘सुकुम्बासी भित्र, बस्तीभित्र बस्नुभएको साथीहरूको उचित व्यवस्थापन हुन्छ । व्यवस्थापनको साथ–साथै नै बसपार्क बन्ने काम पनि सुरु हुन्छ र आजबाट हामीले यि खाली भएका ठाउँमा डोजर लगाएका छौं यो जारी रहन्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->