शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बजेटले द्वन्द्वपीडित बिर्सिएकोमा रुचालको आक्रोश

बजेटले द्वन्द्वपीडित बिर्सिएकोमा रुचालको आक्रोश


  • ढाेरपाटन संवाददाता
  • असार ५ २०८३, शुक्रबार

पोखरा / आगामी आर्थिक वर्षको बजेटमा सशस्त्र द्वन्द्वका सहिद, बेपत्ता र घाइते परिवारलाई उपेक्षा गरिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीकी सांसद दमयन्ती रुचालले आपत्ति जनाएकी छन् । शुक्रबारको प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले आफ्नो जीवनसाथी गुमाएको पीडा र द्वन्द्वको घाउ स्मरण गरिन् । यसो भनिरहँदा रोस्ट्रममै उनको गला अवरुद्ध भएको थियो ।

सरकारले ल्याएको १३८ बुँदे बजेट वक्तव्यमा द्वन्द्वपीडितका लागि एउटा बुँदा पनि नहुनु दुःखद भएको उनको भनाई थियो । ‘जसले बलिदान दिएर यो व्यवस्था ल्याउन संघर्षको अग्रमोर्चामा लडे, उनीहरु र उनीहरुको परिवारको आँसु र पीडालाई सरकारले नजरअन्दाज गरेको छ,’ उनको भनाई थियो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि गण्डकी प्रदेशबाट मात्रै १ हजार ३ सय ८३ सहिद, १ सय २० बेपत्ता र २ सय १९ घाइते तथा अपाङ्गता भएका नागरिकको योगदान रहेको तथ्य उनले प्रस्तुत गरिन् ।

सांसद रुचालले सत्ता र शक्तिमा पुगेपछि सरकारले द्वन्द्वका घाउहरु बिर्सिएको आरोप लगाइन् । उनले भावुक हुँदै भनिन्, ‘दलका नेताले छोरा गुमाउनुपर्यो, सभामुखले छोरी गुमाउनुपर्यो, माननीय सुकमैयाले दाइ गुमाउनुपर्यो र मैले आफ्नै जीवनसाथी गुमाउनुपर्यो ।’ यति संवेदनशील विषयमा सरकार कसरी लापर्बाही बन्न सक्छ भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन् । घाइते र बेपत्ता परिवारको विषयमा बजेट सच्याउन र सम्बोधन गर्न उनले माग गरिन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->