बागलुङ/नारी साहित्य समाज बागलुङको आयोजनामा ‘साहित्य इन्द्रेणी’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्रष्टाहरुले समाज, संस्कृति, सामाजिक विकृति, महिला सशक्तिकरण, देशप्रेम लगायतका रचना वाचन गरेका थिए ।
कार्यक्रममा बोल्दै धौलागिरी प्रादेशिक अस्पतालमा कार्यरत डा. विपना केसीले स्वस्थ्य समाज निर्माणका लागि शारिरिक र मानसिक स्वास्थ्य आवश्यक भएजस्तै साहित्यको पनि महत्वपुर्ण भुमिका हुने चर्चा गरिन् । स्रष्टाहरुले साहित्यमार्फत समाजमा सिर्जनात्मक काम गर्न सक्ने डा. केसीको भनाई थियो ।
कार्यक्रममा नारी साहित्य समाजका संस्थापक सल्लाहकार काजीरोशन, पुर्व सांसद तथा समाजका सल्लाहकार मना केसी, नारी साहित्य समाजका अध्यक्ष शकुन्तला शर्मा, समाजका निवर्तमान अध्यक्ष कृपा पौडेल, सचिव शान्ति ज्ञवाली, कोषाध्यक्ष सन्तु खड्का, नन्दकुमारी ठकुरी, सृष्टी आचार्य, लक्ष्मी पुन, अविसा श्रीस, सादृश्य गौतम, आयुष्मा बोसेल, सावित्रा थापा मगर, प्रतिक्षा पुन, सिम्रन बिक, कोपीला कँडेलले सिर्जना वाचन गरेका थिए ।
कार्यक्रममा नारी साहित्य समाजका संस्थापक संरक्षक तथा धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजीरोशन, पुर्व सांसद तथा समाजका सल्लाहकार मना केसी, नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य गंगा कुमारी शर्मा र शिक्षक संघका केन्द्रिय प्रतिनिधी हुमा रिजाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
बागलुङमा साहित्यीक जागरण ल्याई नयाँ स्रस्टा उत्पादन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष शकुन्तला शर्माले बताइन् । समाजका अध्यक्ष शर्मा र संस्थापक संरक्षक काजीरोशनले सिर्जना वाचन गर्ने र नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहलाई प्रमाणपत्र वितरण गरेका थिए ।





