शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बस र जिप ठोकिंदा १० जना घाइते

बस र जिप ठोकिंदा १० जना घाइते


  • अनिष पाठक
  • असार ७ २०८३, आइतबार

तस्बिर : बालकृष्ण सुवेदी

बागलुङ (खर्वाङ)/पश्चिम बागलुङको गलकोट नगरपालिका वडा नं. १ काफलठुटामा आइतबार बस र बोलेरो जिप एकआपसमा ठोकिंदा १० जना घाइते भएका छन् ।

ढोरपाटनबाट पोखरा फर्किदै गरेको ग १ ख ७६३५ नम्बरको बस र बागलुङबाट गलकोटतर्फ जाँदै गरेको ध १ ज ७५४ नम्बरको जिप ठोकिंदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरिक्षक डम्बर बहादुर बोहराले जानकारी दिए ।

प्रहरी निरिक्षक बोहराका अनुसार, जिपमा सवार चालकसहित ३ जना र बसमा सवार ७ जना घाइते भएका हुन् । उनीहरुमध्ये ७ जनाको इमरजेन्सी अस्पताल हटियामा र ३ जनाको पोखरा उपचार हँुदैछ । दुर्घटनापछि अवरुद्ध सडक अहिले दुर्वतर्फ खुलेको छ । घटनाको थप अनुसन्धान भइरहेको र चालक प्रहरी नियन्त्रणमा रहेको हरिचौर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->