शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फेवातालमा डुबेका युवकको उद्धारपछि मृत्यु

फेवातालमा डुबेका युवकको उद्धारपछि मृत्यु


  • ढाेरपाटन संवाददाता
  • असार १० २०८३, बुधबार

पोखरा/ फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले उद्धार गरेको छ। उद्धारपछि उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका, कास्कीका अनुसार पोखरा महानगरपालिका–१५ रामबजार निवासी १९ वर्षीय अमर थापा पोखरा महानगरपालिका–६ स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ गोताखोरसहितको विपद् व्यवस्थापन टोली मंगलबार बेलुकी ८ बजे उद्धार कार्यका लागि घटनास्थलमा परिचालन गरिएको थियो। टोलीले खोजी कार्यका क्रममा राति ९ः१० बजे फेवातालको करिब २५ फिट गहिराइबाट थापालाई अचेत अवस्थामा फेला पारी बाहिर निकालेको थियो।

उद्धारपछि उनलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा राति ९ः४४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->