शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरामा ‘यामाहा ब्लु फेस्ट’ एक्सचेन्ज मेला असार १३ सम्म लम्बियो

पोखरामा ‘यामाहा ब्लु फेस्ट’ एक्सचेन्ज मेला असार १३ सम्म लम्बियो


  • ढोरपाटन संवाददाता
  • असार १० २०८३, बुधबार

पोखरा /  यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आपूर्तिकर्ता एम.ए.डब्लु राइड्स प्रालि र पोखराका आधिकारिक विक्रेता भि.एडब्लु इन्टरप्राइजेज प्रालिको आयोजनामा ‘यामाहा ब्लु फेस्ट’ एक्सचेन्ज मेला पोखरामा जारी छ।

ग्राहकको अत्यधिक मागलाई ध्यानमा राख्दै मेला असार ३ देखि १० गतेसम्मका लागि तय गरिएको कार्यक्रम थप गरी असार १३ गतेसम्म सञ्चालन गरिने भएको छ।

पोखरा रंगशाला गेट नम्बर २ स्थित खेलमैदानमा सञ्चालन भइरहेको मेलामा यामाहाका विभिन्न मोडेलका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने आयोजकले जनाएको छ। मेलामा ७१.३३ किलोमिटर प्रतिलिटर माइलेज दिने रे जेडआर स्कुटरदेखि १४९ सीसी क्षमताको एफजेड सिरिज तथा १५५ सीसी क्षमताका उच्च प्रदर्शनयुक्त मोटरसाइकलका विभिन्न भेरियन्ट उपलब्ध छन्।

आयोजकका अनुसार मेलामा सहभागी ग्राहकलाई आकर्षक नगद छुट, उच्च मूल्यांकनसहितको एक्सचेन्ज सुविधा तथा निःशुल्क एसेसोरिज प्याकेज प्रदान गरिएको छ। साथै २ वर्षसम्म सवारी कर निःशुल्क र ५ वर्षसम्म निःशुल्क सर्भिस सुविधा उपलब्ध गराइएको छ। ग्राहकले स्पट एक्सचेन्ज, सरल तथा सहुलियतपूर्ण ब्याजदरमा फाइनान्स सुविधा लिन सक्नेछन् भने नागरिकता मात्रको आधारमा सवारी साधन घर लैजान सकिने व्यवस्था समेत मिलाइएको छ।

मेलामा जुनसुकै कम्पनी वा ब्रान्डका मोटरसाइकल तथा स्कुटर साटफेर गर्न सकिनेछ। यामाहा सवारी साट्दा न्यूनतम ५० हजार रुपैयाँ र अन्य ब्रान्डका सवारी साट्दा न्यूनतम २५ हजार रुपैयाँ मूल्यांकन गरिने जनाइएको छ।

यसैगरी, मेलामा हरेक दिन डोर प्राइज, निःशुल्क टेस्ट राइड तथा स्लो राइडमा सहभागीलाई आकर्षक उपहारको व्यवस्था गरिएको छ। बम्पर अफरअन्तर्गत एक जना भाग्यशाली ग्राहकलाई एप्पलको आईफोन १७ प्रो म्याक्स प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->