शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘माननीय मनाङेको’ राजनीतिक शक्ति !

‘माननीय मनाङेको’ राजनीतिक शक्ति !

सार्वजनिक गरे आफ्नो पहलमा मनाङमा आएका योजनाको फेहरिस्त


  • ढोरपाटन संवाददाता
  • असार ११ २०८३, बिहिबार

पोखरा/मनाङ ‘ख’ बाट गण्डकीका पूर्वमन्त्री तथा सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेसँग प्रदेशमा रहँदा ६ पटक मन्त्री बनेको रेकर्ड छ । अपराध कर्म,जेल यात्रा अनि वनमन्त्रीको पद अस्वीकार पनि उनको व्यत्ति mगत जीवनबाट छुटाउन नमिल्ने विषय हुन् । आफूले खाँदै आएको भौतिक विकास मन्त्रालयबाट वन मन्त्रालय सारिएपछि ‘तितेपाती र वनमारा हेर्नलाई किन वनमन्त्री चाहियो ?’ भन्दै २०८१ साल भदौ १७ गते राजीनामा दिएका मनाङे २०८१ साल कात्तिक २७ गते ज्यानमुद्दामा पक्राउ परे ।

२०६१ साल वैशाख ३१ गते चक्रे मिलनमाथि खुकुरी प्रहारको अभियोगमा पटक–पटक जेल परेका उनलाई २०८१ साल कात्तिक २० गते उच्च अदालत पाटनले दोषी ठहर गर्दै बाँकी रहेको १ वर्ष ४ महिना जेल सजाय भुक्तानको आदेश दिएको थियो । उनी डिल्लीबजार कारागार चलान भए । उनी जेलमै थिए । २०८२ सालको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा डिल्लीबजार कारागारमा आक्रमण भयो । कैदीबन्दीहरुले भाग्ने प्रयास गरे । तर, दीपक मनाङेले बाहिर निस्कन मानेनन् । पूरै कैद सजाय भुक्तान गरेर बाहिरिने घोषणा गरेका मनाङे त्यही अडानका कारण पुरस्कृत भए । राम्रो चालचलन प्रदर्शन गरेको भन्दै उनको २० प्रतिशत सजाय मिनाहा भयो । अन्ततः मनाङे २०८२ साल फागुन २७ गते डिल्लीबजार कारागार मुक्त भए । जेल पर्नासाथ उनको सांसद पद गुमेको थियो । गुमेको सांसद पद नफर्किए पनि मनाङेको लोकप्रियता उस्तै थियो । जेलबाट छुटेपछि मनाङेलाई ठमेलमा भव्य स्वागत गरियो । त्यसपछि उनी विभिन्न जिल्ला पुगे । पोखरा आए । पोखरामा पनि मनाङ जिल्लावासी र शुभेच्छुकबाट भव्य स्वागत पाए । गृह जिल्ला मनाङ पुगे । घोडा दौडाए ।

विद्यमान निर्वाचन कानून अनुसार उनी ५ वर्षसम्म चुनाव लड्न पाउँदैनन् । तर, मन्त्री नभए पनि दीपक मनाङेको हैसियत र सक्रियता घटेको छैन । त्यसको प्रमाणस्वरुप असार ७ गतेमात्र उनको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमा ‘गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विकास कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री एवं निवर्तमान सांसद श्री राजिव गुरुङज्यूको पहलमा मनाङ जिल्लामा तपशिल बमोजिमका योजनाहरु समविष्ट भएका छन्’ भन्दै योजनाको लामो फेहरिस्त प्रस्तुत गरेको छ ।

मनाङेको पहलमा मनाङमा परेका योजनाहरुको फेहरिस्त यस्तो छ–
भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालय
१.वहुवर्षीय योजनाहरु
क. मुङ्जेदेखि ङावल क्यू घ्यारु हुँदै पिसाङ जोड्ने सडक (मनाङ मस्र्याङ्दी मार्ग), मनाङ ङिस्याङ गा.पा. वडा नं. ८ ५, ३, २ र १ – ५० लाख
ख. थोरङ खोला सडक पुल निर्माण, मनाङ ङिस्याङ गा. पा. वडा नं. ६ – ३ करोड २० लाख
ग. मनाङ ङिस्याङ गा. पा. वडा नंबर १ को वडा कार्यालय जाने बाटोको स्तरोन्नति – १० लाख
घ. मुङ्जे ङावल हुँदै मेकाङ डाँडासम्मको सडक स्तरोन्नति – १ करोड २५ लाख
ङ. निस्याङ गाउँपालिकाको सिमानादेखि ट्याङ्की मनाङ सडक निर्माण – २ करोड २० लाख

२.सालवसाली योजनाहरु
क. ट्याङ्की मनाङ खाङ्सार सडक मर्मत सम्भार – ३० लाख
ख. महेन्द्रपुलदेखि च्याखु केन्द्रसम्म सडक बिस्तार, नार्पाभूमि ३ – ५० लाख

उद्योग तथा पर्यटन मन्त्रालय
१.मनाङ वुद्ध पार्क संरक्षण, मनाङ ङिस्याङ गा. पा. वडा नं. ८ – ५ लाख
२.केपसाङ वुद्ध पार्क निर्माण, मनाङ ङिस्याङ गा. पा. वडा नं.७ – ५ लाख

उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय
१.अघिल्लो वर्षमा सुरुवात भइ निरन्तरता पाएका योजनाहरु
क. पिसाङ बस्ती संरक्षणको लागि तटवन्ध निर्माण – १५ लाख
ख. बाल्ते खोला संरक्षण, नार्पाभूमि गा पा – २० लाख
ग. मस्र्याङ्दी नदी नियन्त्रण कार्य,मनाङ ङिस्याङ ६, लमकङ्कि – १० लाख
घ. तोङादेखि फ्रासरसम्म सिचाइ योजना ,मनाङ ङिस्याङ ७ – १० लाख
ङ. पक्र्योङ सिचाइ योजना, मनाङ ङिस्याङ ८– १० लाख
च. केसम्व सिचाइ योजना, मनाङ ङिस्याङ ५ – १० लाख
छ. फू गाउँमा खानेपानी बिस्तार योजना, नार्पाभूमि गा पा ५ – १५ लाख

२. आगामी आ.व को लागि छनोट भएका योजनाहरु
क. भ्राका गाउँमा खानेपानी मर्मत योजना – १० लाख
ख. मनाङ गाउँ बृहत खानेपानी योजना,मनाङ ङिस्याङ ६÷७ र ८ – ३० लाख
ग. मुङ्जे खानेपानी आयोजना – १५ लाख

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->