शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

७४ करोडको खाका, किसानदेखि खेलमैदानसम्म

७४ करोडको खाका, किसानदेखि खेलमैदानसम्म


  • बालकृष्ण सुवेदी
  • असार ११ २०८३, बिहिबार

बागलुङ/बजेटले कृषिलाई आधुनिक व्यवसायमा रूपान्तरण गर्ने, युवालाई स्वदेशमै उद्यममा जोड्ने र खेलकुद तथा स्वास्थ्यलाई बलियो बनाउने गरी खाका कोरेको छ । कुल बजेटको सबैभन्दा ठूलो हिस्सा ४९.७६ प्रतिशत शिक्षा क्षेत्रमा गएको छ ।

कृषि र उद्यमलाई प्राथमिकता
आर्थिक विकासअन्तर्गत कृषि तथा बागवानी क्षेत्रका लागि उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई १६ लाख छुट्याइएको छ । कृषकको आय बढाउने उद्देश्यले दूध र खसीबोकाको मासु उत्पादनमा आधारित प्रोत्साहनका लागि २५ लाख विनियोजन गरिएको छ। युवालाई स्वरोजगार बनाउन उद्यमी नवप्रवर्तन तथा वित्तीय साक्षरता अभियानका लागि संघीय सशर्तबाट ३ लाख र नगरपालिकाबाट ३८ लाख ३० हजार गरी जम्मा ७१ लाख ३० हजार रुपैयाँको कार्यक्रम ल्याइएको छ ।

उप्रमुख निउरेले बजेट प्रस्तुत गर्दै ‘कृषिलाई पेशाका रूपमा आकर्षक बनाई युवालाई कृषि उद्यममा आवद्ध गर्ने र कृषकको उत्पादन वृद्धि तथा आयआर्जनमा टेवा पु¥याउने’ लक्ष्य रहेको बताए ।

शिक्षा र स्वास्थ्यमा ठूलो लगानी
कुल बजेटको ४९.७६ प्रतिशत अर्थात् ३७ करोड ३२ लाख ६५ हजार ७ सय ६० शिक्षा क्षेत्रमा विनियोजन गरिएको छ । जसमा गलकोट बहुमुखी क्याम्पसको अनुदान र वडातर्फको विनियोजनसहित ३ करोड २६ लाख ५४ हजार ७ सय ६० र संघीय सशर्त अनुदान ३४ करोड ६ लाख १ हजार रहेको छ ।

स्वास्थ्यतर्फ नगरपालिका तर्फको तलब र वडाको विनियोजनसहित रु. २ करोड ८६ लाख १४ हजार ६ सय र संघीय सशर्त अनुदान रु. ६ करोड ८ लाख गरी जम्मा ९ करोड ७४ लाख १४ हजार ६ सय विनियोजन गरिएको छ । गलकोट नगर अस्पतालको सेवा विस्तार र उपकरण व्यवस्थापनमा यो बजेट खर्च हुनेछ ।

खेलकुद र पूर्वाधारमा जोड
युवा तथा खेलकुद क्षेत्रका लागि नगरस्तरीय भलिबल खेल विकास र खेलकुद मैदान व्यवस्थापनका लागि रु. ५० लाख छुट्याइएको छ । वडातर्फको खेलमैदान निर्माण, युवा लक्षित कार्यक्रम र खेल प्रोत्साहनका लागि थप रु. १ करोड ५० लाख विनियोजन गरिएको छ ।

पूर्वाधारतर्फ नगरपालिकाको निर्माणाधीन प्रशासकीय भवन निर्माणका लागि १ करोड ५० लाख विनियोजन भएको छ । प्रत्येक वडामा एक–एक वटा नगरस्तरीय योजना कार्यान्वयनका लागि १५–१५ लाख विनियोजन गरिएको छ । वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ४७ लाख ५० हजार छुट्याइएको छ ।

पर्यटन प्रवद्र्धनका लागि गलकोटभित्रका पदमार्ग निर्माण, संरक्षण र डकुमेन्ट्री निर्माणका लागि रु. ४२ लाख र खानेपानी, सरसफाइ तथा फोहोर व्यवस्थापनका लागि वडाको विनियोजनसहित नगरपालिकाबाट रु. ४७ लाख र संघीय सशर्त ६ लाख गरी जम्मा ५३ लाख विनियोजन गरिएको छ ।

आम्दानीको स्रोत
बजेट कार्यान्वयनका लागि नेपाल सरकार वित्तीय समानिकरण अनुदानबाट १ करोड ६८ लाख, संघीय बाँडफाँडबाट १० करोड ८ लाख ७९ हजार, संघीय सशर्त अनुदानबाट ३९ करोड ६ लाख प्राप्त हुने अनुमान छ । आन्तरिक राजस्वबाट २ करोड ५ लाख र चालु वर्षको कार्यक्रम कार्यान्वयनपछि ४ करोड ३८ लाख ५२ हजार ८४ बचत हुने अनुमान गरिएको छ ।

नगरसभाले उपप्रमुख निउरेबाट प्रस्तुत बजेट, आर्थिक विधेयक २०८३ र विनियोजन विधेयक २०८३ सर्वसम्मत रूपमा पारित गरेको थियो । नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षतामा सम्पन्न सभामा सदस्यहरूले प्रश्न, सुझाव तथा जिज्ञासा राखेका थिए ।

सभाले विपद् व्यवस्थापन कोष तथा विशेष विकास कोषबाट भएका खर्च स्वीकृत गर्दै नगरपालिकामाथि परेका मुद्दा मिलाको प्रतिरक्षाका लागि कार्यपालिका सदस्य भीमबहादुर विक र न्यायिक सहजकर्ता हेमन्त बुढाथोकीलाई प्रतिनिधि तोक्ने प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->