शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कृषि, पूर्वाधार र स्वास्थ्यमा निसीखोलाको प्राथमिकता

कृषि, पूर्वाधार र स्वास्थ्यमा निसीखोलाको प्राथमिकता

कृषकहरुलाई समेटी भेडापालन पकेट क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गर्ने, पर्यटन प्रवद्र्धन गर्न ‘एक वडा एक गौरवका आयोजना’को लागि बजेट व्यवस्था व्यवस्था गरिने ।


  • ढाेरपाटन संवाददाता
  • असार ११ २०८३, बिहिबार

बागलुङ/पश्चिम बागलुङको निसीखोला गाउँपालिकाले कृषि, भौतिक पूर्वाधार र र स्वास्थ्यलाई प्राथमिकता दिने नीति लिएको छ । गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घर्तीले गाउँसभाको १८ औं अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दे नागरिकका मागलाई सम्बोधन गर्नेगरी नीति तथा कार्यक्रम आएको बताए ।

सिंचाईमा लागानी गरि सिंचित क्षेत्रको विस्तार गर्ने, माटो सुहाउँदो बाली विकास गर्ने, कृषि उपजको उत्पादन वृद्धिको लागि गुणस्तिय मल, बीउविजन, जैविक विषादी सहज र सुलभ उपलब्धता गराउने, सुख्खा क्षेत्र तथा उच्च उत्पादन सम्भावना बोकेका क्षेत्रलाई लक्षित गरि कृषि सेवाबाट जनताको आवश्यकता र माग बमोजिम प्लाष्टिक पोखरी, टनेल र साना सिँचाई योजनालाई क्रमशः कार्यान्वयन गर्ने, कृषक वर्गिकरण गरी कृषक परिचयपत्रको वितरण कार्यलाई आगामि वर्षभित्र सम्पन्न निसीखोलाले नीति लिएको छ ।

अकबरे खुर्सानी खेती प्रवद्र्धन तथा क्षेत्रफल विस्तारका लागि उन्नत प्रविधि तथा आधुनिक खेती प्रविधितर्फ जोड दिने, कृषकस्तरमा उच्चस्तरिय प्रविधिको हस्तान्तरण, रैथाने बाली विशेष कार्यक्रम सञ्चालन गर्ने, पशुको पूर्ण खोप कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने, गोरु पालन कृषक हरुलाई प्रोत्साहन गर्ने, पशुपन्छीको क्षेत्रमा महामारी÷आकस्मिक रोग नियन्यत्रण कार्यक्रम तथा खोप कार्यक्रम सञ्चालन गरिने अध्यक्ष घर्तीले बताए ।

कृषकहरुलाई समेटी भेडापालन पकेट क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गर्ने, पर्यटन प्रवद्र्धनका लागि ‘एक वडा एक गौरवका आयोजना’को रुपमा संरक्षण, सम्वद्र्धन तथा पर्यटन प्रवद्र्धनका लागि आवश्यक बजेट विनियोजनको व्यवस्था गर्ने, घरेलु उद्योगहरुलाई विशेष प्रोत्साहनको नीति अबलम्बन गरिने निसीखोलाले नीति लिएको छ ।

निसीखोलाले पुर्वाधार तर्फका कार्यक्रमलाई समयमै सम्पन्न गर्न खरिद गुरुयोजना तथा वार्षिक खरिद योजना बनाई कार्यान्वयन गर्ने, सडक, पर्यटन तथा खानेपानीको क्षेत्रहरुको डिपिआर तयार गरी वजेट व्यवस्थापन गर्न पहल गर्ने, भौतिक संरचनाको गुणस्तर सुनिश्चितता गर्न वजेट र प्राविधिक जनशक्ती व्यवस्थापन गर्ने, योजनाको दीगोपनको लागि कम्तिमा १० प्रतिशत लागत साझेदारी गर्ने नीतिलाई निरन्तरता दिने भएको छ ।

नदिजन्य बालुवा, गिट्टी, ढुङ्गा सकंलन र वितरण गर्न कानूनी, नीतिगत र प्राविधिक आधार तय गर्दै आन्तरिक आम्दानीमा समेत बृद्धिको संभावना उजागर गर्ने, जंङग फुड निषेश गर्दै स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवाखाजाको व्यवस्थापन गर्ने, पशुविज्ञान प्राविधिक धारमा अध्ययनरत विद्यार्थीलाई मापदण्डका आधारमा छात्रवृति कार्यक्रमलाई विस्तार गर्ने, स्मार्ट स्कुल विषयगत शैक्षिक सामग्री अभिभावक बाट कार्यान्वयका लागि बजेट व्यवस्थापन गर्ने, औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने, परम्परागत पर्व, संस्कार र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने निसीखोलाको नीति छ ।

स्वास्थ्य सेवालाई घरदैलोमा पुरÞ्याई स्थानीय सरकारको उपस्थितिको अनुभूती गराउने, विपन्न नागरिकको औषधी उपचारका लागि पालिकाले दिने आर्थिक सहयोगलाई निरन्तरता दिने, दीर्घ रोगीलाई दिने मासिक पाँच हजारलाई उपलब्ध गराउने, उच्च रक्तचाप, मधुमेह, क्यानसर, दम, मिर्गौला, कलेजो र महिलाहरुको पाठेघर सम्बन्धी रोगको रोकथाम, पहिचान, परीक्षण र उपचारका लागि घुम्ती सेवाको विस्तार गरिने अध्यक्ष घर्तीको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->