शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गृह मन्त्रालयको तेस्रो त्रैमासिक मूल्यांकनमा मनाङ उत्कृष्ट, प्रजिअ पौड्यालले गरे ‘ह्याट्रिक’, म्याग्दी दाेस्राे स्थानमा

गृह मन्त्रालयको तेस्रो त्रैमासिक मूल्यांकनमा मनाङ उत्कृष्ट, प्रजिअ पौड्यालले गरे ‘ह्याट्रिक’, म्याग्दी दाेस्राे स्थानमा

उपसचिव पौड्याललाई गृह मन्त्रालयले २०८२ भदौ ४ गते मनाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो।


  • ढाेरपाटन संवाददाता
  • असार १२ २०८३, शुक्रबार

पोखरा/ गृह मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय मनाङ पुनस् देशभरकै उत्कृष्ट भएको छ ।

मन्त्रालयद्वारा सार्वजनिक मूल्यांकन नतिजाअनुसार कुल १८.२५ पूर्णाङ्कमध्ये मनाङले १८ अंक प्राप्त गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमध्ये पहिलो स्थान हासिल गरेको हो। यसैगरी गण्डकी प्रदेशकै म्याग्दी १७.८७५ अंक दोस्रो स्थानमा रहेको छ भने भक्तपुर र रसुवा समान १७.६२५ अंकसहित संयुक्त रूपमा तेस्रो स्थानमा रहेका छन्।

यसैगरी पाँचौँ स्थानमा मकवानपुर र स्याङ्जा रहेका छन्। मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ २.५ अंकसहित ७६औँ स्थानमा रहेको छ भने धनुषा १.६८७५ अंकसहित अन्तिम अर्थात् ७७औँ स्थानमा परेको छ।

मनाङ प्रशासनले लगातार तेस्रो त्रैमासिकसम्म पनि उत्कृष्ट नतिजा हासिल गर्दै ‘ह्याट्रिक’ पूरा गर्न सफल भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षका पहिलो, दोस्रो र तेस्रो–तीनवटै त्रैमासिक मूल्यांकनमा देशकै उत्कृष्ट बन्न सफल भएको हो।

उपसचिव पौड्याललाई गृह मन्त्रालयले २०८२ भदौ ४ गते मनाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो। अष्ट्रेलियन नेशनल युनिभर्सिटीका गोल्ड मेडलिस्टसमेत रहेका पौड्याल गृह प्रशासनका नतिजामुखी तथा गतिशील युवा प्रशासकका रूपमा चिनिन्छन्।

यसअघि सार्वजनिक पहिलो त्रैमासिक कार्यसम्पादन मूल्यांकनमा मनाङले २९.२५ पूर्णाङ्कमध्ये २८.७५ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको थियो। त्यसपछि दोस्रो त्रैमासिक मूल्यांकनमा २०.२५ पूर्णाङ्कमध्ये १९.५ अंक प्राप्त गर्दै देशकै उत्कृष्ट बनेको थियो। तेस्रो त्रैमासिक मूल्यांकनमा पनि शीर्ष स्थान कायम राख्न मनाङ सफल भएको हो ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैली तथा अन्य निर्धारित सूचक र मापदण्डका आधारमा प्रत्येक त्रैमासिक नियमित रूपमा कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ।

हेर्नुस कुन जिल्ला प्रशासनले कति अंक ल्याए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->