बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरामा रोजगार मेला हुँदै

पोखरामा रोजगार मेला हुँदै

जागिर दिने र खोज्नेहरु एउटै थलोमा भेटाउने लक्ष्य


  • ढोरपाटन संवाददाता
  • असार १६ २०८३, मंगलबार

पोखरा/  यही असार १९ गते पोखरामा रोजगार मेला (जब फेयर) आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य संघ तथा ग्रोथ सेलर्सको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवद्र्धनमा बुलौंदीमा रहेको इभेन्ट सेण्टरमा मेला आयोजना हुन लागेको हो ।

यो मेला जागिर खोज्ने र जागिर दिनेहरुबीच प्रत्यक्ष भेटघाट गराउने र रोजगार चाहनेलाई त्यही ठाउँमा रोजगारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा संघको तर्फबाट मेला संयोजक दिनेशचन्द्र बास्तोलाले जानकारी दिए ।

मेलामा रोजगार चाहनेहरुले आफ्नो व्यक्तिगत विवरण पेश गर्नेदेखि रोजगारदाताले आफूलाई चाहिएको जनशक्तिबारे जानकारी दिने कार्यक्रम तय भएको पनि उपाध्यक्ष बास्तोलाको भनाइ छ । सो मेलामा नेपालका प्रतिष्ठित रोजगारदाता कम्पनीहरुको सहभागिता रहने पनि उनले बताए ।

उनका अनुसार मेलामा लक्ष्मी समूहदेखि भाटभटेनी सुपर मार्केट, गोर्खा ब्रुअरी, सोल्टी वेष्ट पोखरा, अन्नपूर्ण केवलकार, सेल्सबेरी, एनपीएल, ब्ल्याकटेक प्रालि, आइएमई खल्ती लिमिटेड, वल्र्डलिङ्क कम्युनिकेसन, प्रभु महालक्ष्मी इन्स्योरेन्स लिमिटेड, रमेश कर्प प्रालि, नेपाल मणिपाल टिचिङ अस्पताल प्रालि, थियोगो क्लिन इनर्जि प्रालि, सिद्धीविनायक स्न्याक्स एण्ड नुडल्सले सहभागिता जनाउँदै छन् ।

यसैगरी मुक्तिनाथ विकास बैंक, होटल बाराही, आइएमई अटोमोवाइल्स, धरोहर कन्सल्ट्यान्स एण्ड कन्सल्टिङ प्रालि, सिटिजन लाइफ इन्स्योरेन्स, अटोवेज प्रालि, पोखरा नुडल्स प्रालि, फुडमाण्डु प्रालि, रुपाकोट रिसोर्ट प्रालि, क्युएफएक्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, मोअ राइड्स प्रालि, इसेवा, टेम्पलबेल बुटिक होटल, ट्यान्कुलिटी स्पा, टेम्पल ट्री होटल एण्ड स्पा, बेटर एप्लायन्सेस, सिद्धार्थ इन्स्योरेन्स प्रालि, पोखरा इन्टरनेट तथा अर्मला केवल, डिस होम, नेपाल क्यान ग्रुप, सन्ध्या जब्स, बन्दीपुर केवलकार, मारुती सिमेण्ट, युनाइटेड डिष्ट्रिब्यूर्टर्स, नासा सेक्युरिटीज तथा म्याजेष्टिक लेकफ्रन्ट होटलसम्मकाे राेजगार मेलामा सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->