शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लागुऔषधसहित युवा पक्राउ

लागुऔषधसहित युवा पक्राउ


  • ढोरपाटन संवाददाता
  • असार १६ २०८३, मंगलबार

पोखरा/पोखरामा लागु औषधसहित एक युवा पक्राउ परेका छन् । लागु औषध विक्रि वितरण गरेको आरोपमा प्रहरीले पोखरा २५ हेम्जाका २९ वर्षिय विशाल भुजेललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरको टोलीले भुजेल लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवानले जानकारी दिए ।

भुजेलको साथबाट लागुऔषध टेपान्डोल ३४ चक्की, मोबाइल एक थान र नगद दश हजार रुपैयाँ समेत बरामद भएको पासवानले बताए । पासवानका अनुसार भुजेल विरुद्ध लागु औषधसम्बन्धि कसुरमा सात दिनको म्याद थप गरि थप अनुसन्धान अघि बढाइएको छ । उनलाइ सोमबार दिउँसो पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->