बागलुङ/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार मध्यरातीदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय रुपैयाँले घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको हो । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन प्रतिलिटर २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको मूल्य पनि घटेर आएको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौंका लागि बिक्री मूल्य प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ ।





