बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जिल्ला समन्वय समिति कास्कीद्वारा प्रदेश सरकारका आयोजना अनुगमन

जिल्ला समन्वय समिति कास्कीद्वारा प्रदेश सरकारका आयोजना अनुगमन


  • ढोरपाटन संवाददाता
  • असार १७ २०८३, बुधबार

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले गण्डकी प्रदेश सरकारका कास्कीस्थित विभिन्न आयोजना अगुगमन गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा सो अनुगमन सम्पन्न गरिएको हो ।

अनुगमन गरिएका आयोजनाहरूमा पाँच करोडको लागत इस्टिमेटमा निर्माणाधीन पोखरा ३३ स्थित तल्लो खैरेनी, घोक्रेनी ,शिबबस्ती हुँदै गाई गौडासम्मको बहुवर्षीय सडक आयोजना र पोखरा ३१ स्थित २५ करोडको लागतमा निर्माणाधिन स्याङ्खुदी भञ्ज्याङ् सम्मको सात ताल जोड्ने लिन्क रोड सडक रहेका छन् ।

जिल्ला समन्वय समिति सदस्य सीतादेवी बिक, हर्क गुरुङ, राजु अधिकारी, जिल्ला समन्वय अधिकारी नवराज बराल, शाखा अधिकृत लक्षु शर्मा, सरोकारवाला कार्यालय गण्डकी प्रदेश पूर्बाधार बिकास कार्यालय कास्कीका प्रमुख कृष्ण आचार्य, प्राबिधिक इन्जिनियर एंव स्थानिय जनप्रतिनिधि सहितको उपस्थिति रहेको थियो ।

अनुगमनका क्रममा प्रमुख पौडेलले गुणस्तर र निर्धारित मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्दै दिगो बिकास योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । बिकासमा हुने अनियमितताका सबालमा शुन्य सहनशीलताको नीति अबलम्बन गरिने उल्लेख गर्दै सो सम्बन्धमा स्थानिय उपभोक्ता र सरोकारवाला समेत सचेत हुनुपर्ने उनको भनाई थियो । प्रमुख पौडेलले निर्धारित समय अबधि र गुणस्तरमा कमजोरी देखिएको भन्दै तत्काल सुधार गर्न निर्माण ब्यबसायीहरूलाइ आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->