शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘समृद्व किसान, समृद्व पालिका’को लक्ष्य हासिल गर्ने बागलुङ नगरपालिकाको नीति

‘समृद्व किसान, समृद्व पालिका’को लक्ष्य हासिल गर्ने बागलुङ नगरपालिकाको नीति

ज्येष्ठ नागरिकको हेरचाह गर्ने प्रतिपरिवारलाई ५ हजार रुपैयाँसहित सम्मान गर्ने र विपन्न परिवारलाई दाहसंस्कारका लागि ७ हजार ५ सय रुपैयाँ सहयोग उपलब्ध गराउने गरी कार्यविधि निर्माण गरिने नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।


  • ढाेरपाटन संवाददाता
  • असार १७ २०८३, बुधबार

बागलुङ/बागलुङ नगरपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक, प्रविधिमैत्री र आत्मनिर्भर बनाउँदै समृद्व किसान, समृद्व पालिकाको लक्ष्य हासिल गर्ने नीति लिएको छ ।

बुधबार नगरपालिकाको १९ औं अधिवेशनमा २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख बसन्तकुमार श्रेष्ठले समृद्व किसान, समृद्व पालिकाका लागि प्रत्येक वडाको विशिष्ट संभावनाका आधारमा सुन्तला, किवी, कफी, अलैंची, तरकारी, मौरी, पुष्प, च्याउ तथा उच्च मुल्यका कृषि उत्पादनका विशेष क्षेत्र विकास गरिने बताए ।

निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक, आधुनिक तथा प्रविधिमैत्री प्रणालीमा रुपान्तरण गर्दै उत्पादित वस्तुको ब्राण्डिङ, प्रशोधन र बजारीकरण गर्ने, सामूहिक खेती, करार खेती, कृषि नवप्रवर्तन, कृषि स्टार्टअप तथा युवामैत्री कृषि उद्यमलाई प्रोत्साहन गर्ने, रैथाने बालीको संरक्षणमा प्रोत्साहन गर्ने, स्थानीय स्रोत तथा परम्परागत सिपमा आधारित गुन्दु्रक, मस्यौरा, अचार, सुकुटीको उत्पादन र प्रवद्र्वनमा सहयोग गर्ने नगरपालिकाले नीति लिएको छ ।

भाडामा लिईएको कृषि सामाग्री कम्पनीको जग्गामा आवश्यक पूर्वाधार विकास गरी व्यवस्थित कृषि उपज, फलफुल तथा मासु बजार सञ्चालन गर्ने, कृषि तथा पशुपालन क्षेत्रको उत्पादन वृद्वि र किसानलाई उत्पादनमुखी कार्यमा उत्प्रेरित गर्न सुन्तलामा प्रतिकेजी १०, हरियो सागसब्जीमा प्रतिकेजी ५, दूधमा प्रतिलिटर ५ तथा अण्डामा प्रतिक्यारेट २० रुपियाँ अनुदान उपलब्ध गराईने नगरप्रमुख श्रेष्ठले बताए ।

पाडापाडी संरक्षण गर्ने किसान तथा व्यवसायिक कृषकलाई प्रोत्साहन स्वरुप प्रतिपाडापाडी १० हजार अनुदान दिने नगरको नीति छ । पाडापाडी संरक्षण कार्यक्रमले पशुधन संरक्षण, दुग्ध तथा मासु उत्पादन वृद्वि, रोजगारी सिर्जना, किसानको आयआर्जनमा वृद्वि भई आत्मनिर्भर अर्थतन्त्रमा निर्माण योगदान पुग्ने श्रेष्ठले विश्वास व्यक्त गरे ।

नगरपालिकाले ज्येष्ठ नागरिकहरुबीच आपसी घुलमिल, मनोरञ्जन र अनुभव साटासाटको अवसर प्रदान गर्न ‘ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा ल्याउने भएको छ । ज्येष्ठ नागरिकको हेरचाह गर्ने प्रतिपरिवारलाई ५ हजार रुपैयाँसहित सम्मान गर्ने र विपन्न परिवारलाई दाहसंस्कारका लागि ७ हजार ५ सय रुपैयाँ सहयोग उपलब्ध गराउने गरी कार्यविधि निर्माण गरिने नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

नगरपालिकालाई बेसहारा सडक मानवमुक्त पालिका घोषणा गर्नेगरी कार्यक्रम सञ्चालन गर्ने, घरबास सञ्चालकलाई नवीकरण तथा वार्षिक शुल्क व्यवस्थापनका लागि प्रतिघरबास १५ हजार रुपियाँ अनुदान उपलब्ध गराइने, ‘नगरकी छोरी कार्यक्रम’ लाई परिष्कृत गरी ५ हजारमा शतप्रतिशत थप गरी १० हजार पु¥याउने नगरपालिकाले नीति लिएको छ ।

वर्षा याममा जलमग्न हुने बागलुङ बजारमा व्यवस्थित ढलको काम आगामी आर्थिक वर्षमा सम्पन्न गर्नेगरी दु्रत गति अगाडि बढाउने, वडा नं. ९, १० र ११ मा पक्की सडक निर्माण गर्ने, राँयराँयकोटमा अन्तराष्ट्रिय स्तरको रक क्लाइम्बिङ पूर्वाधार निर्माणका लागि पहल गर्ने, बाङेचौर खेलमैदानलाई मिनी रंगशालाको रुपमा विकास गर्ने नगरपालिकाको नीति छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->