बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

पोखरामा यामाहा डेको अवसरमा रक्तदान, ५१ युनिट रगत संकलन

पोखरामा यामाहा डेको अवसरमा रक्तदान, ५१ युनिट रगत संकलन


  • ढाेरपाटन संवाददाता
  • असार १७ २०८३, बुधबार

पोखरा / यामाहाको ७१औँ स्थापना दिवस (यामाहा डे) को अवसरमा पोखरामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । यामाहा नेपालको आधिकारिक वितरक एम.ए.डब्लु. राइड्सअन्तर्गत पोखरास्थित आधिकारिक बिक्रेता भि.ए.डब्लु. इन्टरप्राइजेज प्रा.लिले आयोजना गरेको रक्तदानमा ५१ युनिट रगत संकलन भएको छ ।

पोखरा–९, नयाँबजारस्थित यामाहा शोरुम परिसरमा बिहान ७ बजेदेखि ११ बजेसम्म रक्तदान सञ्चालन गरिएको थियो । रक्तदातामध्ये २० जनाले पहिलो पटक रक्तदान गरेका थिए ।

कार्यक्रममा भि.ए.डब्लु. इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले सहभागी रक्तदाता, सहयोगी संस्था तथा उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्दै यामाहा डे केवल उत्सवका रूपमा नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा मनाइएको बताए ।
नेपाल रेडक्रस सोसाइटी, पोखराको प्राविधिक व्यवस्थापन तथा सहकार्यमा सम्पन्न कार्यक्रममा विभिन्न संघ–संस्था, स्थानीय समुदाय, ग्राहक तथा शुभेच्छुक गरी करिब १५० जनाको उपस्थिति रहेको थियो ।

समाजमा रगतको बढ्दो आवश्यकता तथा रगत अभावलाई केही हदसम्म न्यूनीकरण गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको निर्देशक श्रेष्ठले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->