शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वडाध्यक्षको छोराको घरलाई प्रदेशको पाँच लाख बजेट !

वडाध्यक्षको छोराको घरलाई प्रदेशको पाँच लाख बजेट !

वार्षिक विकास कार्यक्रमको पेज ४६ मा भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले कार्यान्वयन गर्नेगरि भुसालचोक सुरेन्द्र भुसालको घर संरक्षण गर्नको लागि पाँच लाख बजेट विनियोजन गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • असार १८ २०८३, बिहिबार

पोखरा/गण्डकी सरकारले स्थानीय तहका जनप्रतिनिधिका छोराको घर संरक्षणको लागि भनेर पाँच लाख बजेट विनियोजन गरेको छ । गण्डकीले हालै ल्याएको बजेट र वार्षिक विकास कार्यक्रममा एकजना व्यक्तिको नाम नै तोकेर बजेट विनियोजन गरेको यो पहिलो घटना हो ।

वार्षिक विकास कार्यक्रमको पेज ४६ मा भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले कार्यान्वयन गर्नेगरि भुसालचोक सुरेन्द्र भुसालको घर संरक्षण गर्नको लागि पाँच लाख बजेट विनियोजन गरेको हो ।

पर्वतको विहादी गाउँपालिका ४ मा कार्यान्वयन हुने भनिएको यो कार्यक्रम र तोकिएको नाम सोही वडाका वडाध्यक्ष विष्णुप्रसाद भुसालका छोराको हो । वडाध्यक्ष भुसाल नेपाली कांग्रेस विहादी गाउँपालिकाका सभापतिसमेत हुन् ।

अघिल्लो वर्ष पनि उनकै छोराको नाममा रहेको घर संरक्षणको लागि फरक नाममा बजेट विनियोजन भएको थियो । तर, व्यक्तिकेन्द्रित बजेट कार्यान्वयन गर्न सरकारी अधिकृतहरुले असहमति जनाएका थिए ।

अहिले व्यक्तिको नाम नै तोकेर बजेट विनियोजन भएपछि भू तथा जलाधार व्यवस्थापन कार्यालयको तालकुदार मन्त्रालय वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले कार्यान्वयनको सीमा र मापदण्ड हेरेर व्यक्तिको नाममा बजेट विनियोजन भएको भए त्यसलाई सच्याइने बताए ।

यता, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे वार्षिक विकास कार्यक्रममा व्यक्तिको नाम तोकेर बजेट विनियोजन हुनुनपर्ने र भएको खण्डमा कार्यान्वयन नहुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->