बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखराको बजेट पारित

पोखराको बजेट पारित


  • ढोरपाटन संवाददाता
  • असार १८ २०८३, बिहिबार

पोखरा/पोखरा महानगरपालिकाको १९ औँ नगरसभाले आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम तथा ७ अर्ब १५ करोड २५ लाखको बजेट पारित गरेको छ । असार ५ गते बजेट ल्याएको महानगरले बुधबार बजेट पारित गरेको हो ।

बजेट ल्याएलगत्तै पोखराका मेयर धनराज आचार्य विदेश लागेका थिए भने नगर सभामा बजेटबारे छलफल पनि भएको थिएन । आफू विदेश जानुअघि नै बजेट पारित गर्न खाजेका मेयर आचार्यले व्यापक छलफलपछि बजेट पारित भएको जानकारी दिएका छन् ।

उनले सहमति, सहकार्य र साझा प्रतिबद्धताको भावनासहित पारित भएका नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयनमार्फत समृद्ध, सुन्दर, व्यवस्थित, हरित र नागरिकमैत्री पोखरा निर्माणमा हामी अझ बढी समर्पित रहने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->