शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलङमा बौद्धिक अपाङ्गता भएकाहरुको दौतरी समुह गठन

बागलङमा बौद्धिक अपाङ्गता भएकाहरुको दौतरी समुह गठन


  • याम बहादुर थापा मगर
  • असार १८ २०८३, बिहिबार

बागलुङ/जिल्लामा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको दौतरी समुह गठन गरिएको छ । समुहको संयोजकमा रामकृष्ण रेग्मी, सह–संयोजकमा उमाकुमारी रिजाल, सदस्यहरुमा रक्षा रेग्मी, महेश रेग्मी, रमेश केसी रहेका छन् ।

दौतरी समुहले सामाजिकीकरण, स्व–हेरचाह, नेतृत्व विकास, अधिकार जागरुकतामा पैरवी गर्नेमा सहयोग गर्ने जनाइएको छ । दौतरी समुहमा स्वेच्छाले सहभागी हुन इच्छुक व्यक्तिहरु, समुहको उद्धेश्य र मुल्यप्रति सहमत व्यक्ति, स्थानीय क्षेत्रमा बसोबास गर्ने वा नजिकका व्यक्तिहरु समावेश हुने नियम रहेको छ ।

दौतरी समुहको मुल मूल्य र सिद्धान्तमा स्वायतत्ता, समानता, सम्मान, समावेशिता र गोपनियतामा आधारित रहेको छ । दौतरी समुहलाई सिएडिआइआर परियोजनाले सहयोग गरेको जानकारी बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङका सचिव याम बहादुर थापा मगरले जानकारी दिए ।

भेलामा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघका केन्द्रिय महासचिव तथा अभिभावक संघ बागलुङका अध्यक्ष टिकाराम सापकोटाले स्ववकालत गर्ने, पैरवी गर्ने, सचेतना कार्यक्रम संचालन गर्नका लागि दौतरी समुह गठन भएको बताए ।

भेलामा फिल्ड अफिसर अस्मिता आर्चायले समेत सहजीकरण गरेकी थिइन् । कार्यक्रम बौद्धिक अपाङ्गताका भएका व्यक्तिहरुको अभिभावक महासंघ नेपालको प्राविधिक सहयोगमा भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->