शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

युवा उद्यमशीलता, सशक्तीकरण र सीप विकासको क्षेत्रमा क्रियाशील ६ युवा सम्म्मानित

युवा उद्यमशीलता, सशक्तीकरण र सीप विकासको क्षेत्रमा क्रियाशील ६ युवा सम्म्मानित


  • ढाेरपाटन संवाददाता
  • असार १८ २०८३, बिहिबार

पोखरा/  पोखरा महानगरपालिकाले युवा उद्यमशीलता, सशक्तिकरण र सीप विकासको क्षेत्रमा क्रियाशील ६ युवालाई पोखरा यूथ एक्सिलेन्स अवार्ड २०८३ बाट सम्मान गरेको छ । नगर युवा परिषद्द्वारा आयोजित यूथ फेस्टिभल २०८३ का अवसरमा नगर प्रमुख धनराज आचार्यले उनीहरूलाई अवार्ड प्रदान गरे ।

पत्रकारिता क्षेत्रमा क्रियाशील दुर्गा राना मगर, पर्यटन तर्फ प्रतीक पहारी, समाज सेवातर्फ सदिस पुन, युवा उद्यमशीलता, नवप्रवर्द्धन तथा रोजगारी तर्फ नव ज्योति सुवेदी, खेलकुद तर्फ नारायणी भण्डारी र अपाङ्गता क्षेत्रको सशक्तीकरणमा क्रियाशील सन्ध्या सुवेदीलाई यूथ एक्सेलेन्स अवार्ड २०८३ प्रदान गरिएको हो ।

युवा केन्द्रित कार्यक्रम, सीप विकास तथा सशक्तीकरणका अभियानहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै आइरहेको नगर युवा परिषद्ले हालसम्म परिषद्ले ७ हजारभन्दा बढी युवाहरूलाई विभिन्न तालिम, रोजगारी, उद्यमशीलता तथा सशक्तीकरणसँग जोडेको छ ।
प्राडा भिमनाथ बरालको संयोजकत्वमा तेज गुरुङ, मनोहर कडरिया, केशव शरण लामिछाने, अन्जु केसी र विक्रम कर्माचार्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा उनीहरूलाई सम्मान प्रदान गरिएको नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->