पोखरा/कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ पशुपति क्षेत्र विकास समितिको सदस्य सचिवमा नियुक्त भएका छन् । पोखरामा रहँदा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको सचिव रहेका उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन) मन्त्री खड्गराज (गनेस) पौडेलले सो पदमा नियुक्त गरेका हुन् ।
तीर्थ पोखराको कला, साहित्य, सृजना र संस्कृतिको पर्यायवाची नाम हो । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको सचिव रहँदा उनले मन्दिरको व्यवस्थापनदेखि प्राकृतिक चिकित्सालय संचालनजस्तो रचनात्मक कामको नेतृत्व लिएका थिए ।





