शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जैमिनीका उत्कृष्ट कर्मचारी र उद्यमी सम्मानित

जैमिनीका उत्कृष्ट कर्मचारी र उद्यमी सम्मानित


  • ढाेरपाटन संवाददाता
  • असार १९ २०८३, शुक्रबार

बागलुङ/दक्षिण बागलुङस्थित जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी र उद्यमीलाई नगदसहित सम्मान गरेको छ ।

उत्कृष्ट कार्यसम्पादन गर्ने पाँच कर्मचारी र वैदेशिक रोजगारीबाट फर्किएर पेशा व्यवसाय गरिरहुनभएका तीन जना उद्यमीलाई जनही १५ हजार रुपियाँका दरले सम्मान गरिएको जैमिनीका रोजगार शाखा प्रमुख सुरेश पुनले जानकारी दिए ।

जैमिनी–५ का वडा सचिव रुद्रबहादुर बिक, पूर्वाधार शाखामा कार्यरत सव–इन्जिनियर फट्टबहादुर छन्त्याल थापा, कम्प्यूटर अपरेटर मनोज शर्मा, जनस्वास्थ्य निरीक्षक हेमकुमार क्षेत्री आचार्य र सिनियर अनमी निरीक्षक मनिकला थापा सम्मानित भएका हुन् ।

त्यस्तै वैदेशिक रोजगारीबाट गाउँ फर्किएर उद्यम गरिरहेका जैमिनी–७ जैदीका कुशल राना, वडा नं. ४ का खगेन्द्र थापा, वडा नं. ८ का हरिकृष्ण शर्मालाई प्रोत्साहन गर्न सम्मानसहित पुरस्कृत गरिएको जैमिनीका उप–प्रमुख हरिहर शर्माले जानकारी दिए । सम्मानित उद्यमीहरु कृषि र पशुपालनको क्षेत्रमा क्रियाशिल छन् ।

जैमिनीका नगर प्रमुख नरबहादुर पुन र उप–प्रमुख शर्माले उत्कृष्ट कर्मचारी र उद्यमीलाई सम्मान गरेका थिए । सो अवसरमा जैमिनीलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणामा सहयोग गर्ने पालिकाका कर्मचारीलाई पनि प्रशंसा पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पुनले श्रम गर्नेहरुले राज्यको जिडिपीमा योगदान गरेको उल्लेख गर्दै सबै श्रमिक वर्ग सम्मानयोग्य भएको बताए । नगर उप–प्रमुख शर्माले सम्मानले उद्यमी र कर्मचारीलाई हौसला प्रदान गर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->