शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जुवातासको खालबाट बागलुङमा समातिए ७ जना

जुवातासको खालबाट बागलुङमा समातिए ७ जना

उनीहरूको साथबाट नगद रु. २० हजार ८३५ रुपैयाँ र १०६ पत्ती तास बरामद गरिएको प्रहरीले जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • असार १९ २०८३, शुक्रबार

बागलुङ / प्रहरीले जुवातास खेलिरहेको अवस्थामा बागलुङ नगरपालिका–३ चिप्लेटीबाट सात जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी रामेश्वर त्वातिका अनुसार शुक्रवार दिउँसोे जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरी निरीक्षक चिरञ्जिवी अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको घरमा छापा मारी घरधनी मुक्तबहादुर किसान, सोही ठेगानाका पदमबहादुर किसान, प्रेमबहादुर किसान, दीपक रुचाल, शुक्र आले र बागलुङ नगरपालिका-६ का श्यामबहादुर परियार तथा बागलुङ नगरपालिका-८ का कृष्ण खड्कालाई नियन्त्रणमा लिइएको हो ।

उनीहरूको साथबाट नगद रु. २० हजार ८३५ रुपैयाँ र १०६ पत्ती तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->