शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फोटो पत्रकार अक्षयकोषमा रञ्जितको ६३ हजार

फोटो पत्रकार अक्षयकोषमा रञ्जितको ६३ हजार


  • ढोरपाटन संवाददाता
  • असार २२ २०८३, सोमबार

पोखरा/नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जितले आर्थिक सहयोग गरेका छन् ।

पत्रकार रञ्जितले अक्षयकोषमा नगद ६३ हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

पोखरामा रही फोटोको माध्यामबाट पोखराको खेलकुद गतिविधीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म चिनाउन महत्वपूर्ण योगदान गरेका पत्रकार रञ्जितले कास्कीमा रहेका फोटो पत्रकारहरुको हक हितका लागि स्थापना गरिएको फोटो पत्रकार अक्षयकोषमा सहयोग गरेको बताए ।

साथै उनले देशको विषम परिस्थितीमा समेत उपस्थित भइ फोटोको माध्यमबाट इतिहासलाई जीवन्त राख्न फोटो पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै उनीहरुको हितको लागि स्थापना गरिएको अक्षयकोषमा पोखराका प्रतिष्ठित घरानाहरुले समेत साथ र सहयोग गर्नुपर्ने उनको भनाइ रहेको थियो ।

सहयोग प्राप्त भएपछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले पत्रकार रञ्जित प्रति आभार प्रकट व्यक्त गर्दै पोखराको खेलकुद इतिहासमा फोटो पत्रकार रञ्जितको विशेष योगदान रहेको बताए । सो अवसरमा वोल्दै नागरिक अभियन्ता रामबहादुर पौडेलले पोखराको इतिहासमा फोटो पत्रकारहरुको भुमिका महत्वपूर्ण रहेको बताए । ६२÷६३ को जनआन्दोलन, २०७२ को भुकम्प र २०८३ को आन्दोलन र विभिन्न ऐतिहासिक गतिविधीहरुमा कास्कीका फोटो पत्रकारहरुले पोखराको इतिहास जीवन्त राख्ने काम गरेको धारणा राखे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->