शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१९ रोपनी क्षेत्रफलको गाँजा फँडानी

१९ रोपनी क्षेत्रफलको गाँजा फँडानी

अवैध लागूऔषधको उत्पादन, ओसारपसार तथा दुरुपयोग नियन्त्रण गर्न अवैध गाँजा फँडानी अभियानलाई निरन्तरता दिएको बताए ।


  • ढाेरपाटन संवाददाता
  • असार २२ २०८३, सोमबार

बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध रुपमा लगाईएको गाँजा खेतीविरुद्व अभियान सञ्चालन गरेको छ । अनियानअन्तर्गत प्रहरीले पश्चिम बागलुङका तीन पालिकाको १९ रोपनी क्षेत्रफलमा लगाईएको अवैध गाँजा फँडानी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा खेती गरिएको गाँजा फँडानी गरेर जलाएर नष्ट गरेको हो ।

अभियानअन्तर्गत निसीखोला गाउँपालिका–६ भलकोट, ताराखोला गाउँपालिका–५ ठुलोहिले, सोही ठाउँको सानोहिले, ताराखोला गाउँपालिका–२ खुलडाँडा, गलकोट नगरपालिका–४ मिलनचोक, नुवाकोट क्षेत्रका सार्वजनिक तथा व्यक्तिगत जग्गामा लगाइएको १९ रोपनी क्षेत्रफलको अवैध गाँजा जलाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नाउव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध लागूऔषधको उत्पादन, ओसारपसार तथा दुरुपयोग नियन्त्रण गर्न अवैध गाँजा फँडानी अभियानलाई निरन्तरता दिँदै आएको त्वातीले बताए । सुरक्षित समाज निर्माणमा प्रहरी–जनताको सहकार्य अपरिहार्य रहेको भन्दै प्रहरीले अवैध गतिविधिसम्बन्धी सूचना दिएर सहयोग गर्न अनुरोध समेत गरेको छ ।

गण्डकी प्रदेश सरकारले आगामी वर्षदेखि प्रदेशभित्र गाँजा खेतीलाई वैधानिकता दिने घोषणा गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममार्फत गाँजा खेती आर्थिक उपार्जनको स्रोत बनाउने घोषणा गरेको हो ।

गाँजा खेती नियमन सम्बन्धी विधेयक पनि आगामी वर्ष कार्यान्वयनमा ल्याउने गण्डकी सरकारको तयारी छ । सरकारले औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई खुला गर्न लागेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हरेक कार्यक्रममा बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->