म्याग्दी/जिल्लाको धौलागिरि गाउँपालिका–७ फेदीखोलामा आइतबार दुई बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी सागर तिमिल्सिनाका अनुसार ताकमबाट दरबाङतर्फ आउँदै गरेको बि ए ए ७७९५ नम्बरको बोलेरो जिप घुम्तीमा अनियन्त्रित भई पल्टँदा विपरीत दिशाबाट आइरहेको ग ३ च ३३१४ नम्बरको बोलेरो जिप माथि खस्न पुगेको थियोे ।
दुर्घटनामा ग ३ च ३३१४ नम्बरको बोलेरो चालक पर्वतको जलजला गाउँपालिका–८ का अनिल नेपाली, बि ए ए ७७९५ नम्बरको बोलेरो चालक म्याग्दी धौलागिरि गाउँपालिका–३ मुनाका २७ वर्षीय धु्रव पुन घाइते भएका हुन ।
त्यसैगरी धौलागिरि गाउँपालिका–७ का १७ वर्षीया रबिना सिर्पाली, ७४ वर्षीय सुनबिर रसाइली ७८ वर्षीया ख्याउटी रसाइली, ४० वर्षीया धना कुमारी सुनार, ६३ वर्षीय दलबहादुर सुनार र २६ वर्षीया कल्पना सुनार, रोल्पाको थवाङ गाउँपालिका–५ का ५२ वर्षीय भिमसेन पुन घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका सबै घाइतेको मालिका गाउपालिका–६ स्थित दरवाङ आधारभूत अस्पताल दरवाङमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेका दुई सवारी साधनमा गरी १० जना सवार रहेकामा १ जना सकुशल रहेका छन् भने ९ जना घाइते भएका हुन् ।
दुर्घटनाको कारण र थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।




